मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

धनकुटामा कांग्रेस रुपान्तरणको बहस,शक्तिशाली पार्टी बनाउने डा.संग्रौलाको उदघोष

धनकुटामा कांग्रेस रुपान्तरणको बहस,शक्तिशाली पार्टी बनाउने डा.संग्रौलाको उदघोष

images
२०८१ कार्तिक १२ गते, सोमवार
२०८१ कार्तिक १२ गते, सोमवार
  • धनकुटा। नेपाली कांग्रेसले संचालन गरिरहेको एकसय दिने विशेष अभियानमा धनकुटामा जारी छ।

    images

    आइतबार प्रध्यापक, वकिल, कर्मचारी, मुस्लिम, संचारकर्मी र निर्माण व्यावसायीहरुसँग छलफल तथा अन्तर्किया गरि अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा आवाज उठेको छ।

    images

    नेपाली कांग्रेसकि केन्द्रिय सदस्य डा.डिला संग्रौलाले छलफलमा अभियानबाट नेपाली कांग्रेसले नयाँ शक्ति आर्जन गरी मुलुककै नेतृत्व गर्न सक्ने बताइन।

    बुद्धिजीवि तथा पेशाकर्मीहरुको सल्लाह र सुझावको आधारमा नेपाली कांग्रेस अब अगाडि बढ्ने भन्दै उनले कांग्रेसभित्र व्यापक रुपान्तरण जरुरी रहेको औंल्याइन।

    कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा अभियानको बारेमा जिल्ला सचिव विजय सन्तोषी राईले प्रकाश पार्दै नेपाली कांग्रेस नागरिकहरुको घर आगनमा पुग्ने बताए।

    पूर्वसभापति तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, संविधान सभा सदस्य लिला सुब्बा, महासमिति सदस्य सुमना तिम्सिना, नेपाली कांग्रेस केन्द्रिय सूचना तथा प्रचार प्रसार विभागका सदस्य राजु मास्के, नेपाल किसान संघका केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य अम्विका धमला,  क्षेत्रिय सभापति प्रदेश सभा ख का राजन पौडेल, नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष अमित लो तामाङ, नेपाल महिला संघ धनकुटाका सहसचिव जानुका सुन्दासले अभियानबाट कांग्रेस भित्र आन्तरिक एकता कायम गरी कांग्रेसलाई रुपान्तरण गर्ने बताए।

    कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, सदस्य अनिल कुमार प्रधान, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे, संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, केन्द्रिय प्रतिनिधि विदुर खवास, लोकतान्त्रिक निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष सन्तोष राई, नेपाल मुस्लिम संघ धनकुटाका अध्यक्ष समिर खान, प्रजातन्त्रवादी प्रध्याक संघ धनकुटा वहुमुखी क्याम्पका सदस्य प्रध्यापक डा. श्याम वाग्ले, डि एल ए धनकुटाका अध्यक्ष रमेश श्रेष्ठ लगायतले आआफ्नो संघ संस्थाको अवस्थाको वारेमा प्रकाश पार्दै कांग्रेसलाई अब नयाँ सोचका साथ नयाँ ढंगबाट अगाडी बढाउनु पर्ने सुझाव दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend