मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुरको प्रत्यारोपण केन्द्रमा दिनदिनै प्रदर्शन

भक्तपुरको प्रत्यारोपण केन्द्रमा दिनदिनै प्रदर्शन

images
२०८१ भाद्र २२ गते, शनिवार
२०८१ भाद्र २२ गते, शनिवार
  • भक्तपुर। भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले दैनिक प्रदर्शन गर्न थालेका छन।

    images

    शनिबार उनीहरुले चौथो दिनपनि आन्दोलन जारी राखेका हुन। स्थानीयले शनिबार विहान वाजागाजासहित अस्पताल क्षेत्रमा प्रदर्शन गरे। भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ।

    images

    प्रदर्शनमा स्थानीय संघ संस्था एवम गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरु पनि उत्रिएका छन। बुधबारदेखि गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले विहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए। शुक्रबार भने उनीहरुले गेट अगाडि नै प्रदर्शन गरेका थिए। शनिबारको प्रदर्शनमा भने स्थानीयको उल्लेख्य सहभागिता थियो।

    नागरिक समाजका अगुवा राजेन्द्र पुरीका अनुसार आन्दोलनमा स्थानीयबासी, संघ संस्था एवम सरोकारवालाहरुको समर्थन बढ्दै गएको छ। ‘हाम्रो माग अस्पतालभित्रको बेथितिको अन्त्यहोस भन्ने हो, भएका उपकरण प्रयोगमा ल्याइयोस र मृगौला मात्र होइन मुटु, फोक्सो, कलेजो सबैको उपचार सुविधा प्रदान गरियोस,’ उनले भने।

    विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभइरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको उनले बताए।

    ‘उपकरण थन्क्याएर राख्नुको पछाडि भ्रष्टाचारको आशंका गरिन्छ र कार्यकारी प्रमुख नियुक्तिमा पनि ठूलै चलखेल भएको देखिन्छ,’ पुरीले भने।

    केन्द्रमा सरकारले मुटुकै उपचारको लागि अर्बौ रकम लगानी गरिसकेको छ साथै वार्षिक करोडौंको रकम परिचालन भई रहेको अवस्थामा नागरिकको रगत र पसिनाको पैसा सेवा नै नदिई व्यक्तिगत तथा मनोमानी ढंगले देखावटी खर्चको लागि मात्र भइरहेको आन्दोलनका अगुवा चन्द्रलाल सुवालले बताए। उनले अस्पतालमा मृगौलाको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शिर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आशंका व्यक्त गरे।

    अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको आन्दोलनकारीको भनाइ छ। आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए।

    त्यस्तै तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा पुकारचन्द्र श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि स्थानीयले आशंका व्यक्त गर्दै आइरहेका छन्। ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति गठनआदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका डा श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए। कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ।

    डा श्रेष्ठको नियुक्ति र उपकरण खरिदमा ठूलो चलखेल भएको आन्दोलनकारीको भनाइ छ। उनीहरुले आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend