मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एयर एसियालाई कारवाही:अनुमति रद्द

एयर एसियालाई कारवाही:अनुमति रद्द

images
२०८१ कार्तिक ११ गते, आइतवार
२०८१ कार्तिक ११ गते, आइतवार
  • काठमाडौं। आइतबार अवतरण अनुमति बिनानै आएर अकस्मात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्न अनुमति मागेको थाइ एयर एसियाको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको छ।

    images

    यात्रुको सुरक्षाको कारण अन्तिम समयमा अवतरण गर्न अनुमति दिएको भएपनि एयर एसियाले उड्डयन नियम उल्लंघन गरेकाले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि सो विमानको उडान रद्द गरेको हो। 

    images

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको जानकारी दिए। उनका अनुसार एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको छ। एयर एसियाको विमान आजै फर्कदैछ।

    थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो भने अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो। प्राधिकरणले गरेको कारवाही अर्को निर्णय नहुँदासम्म कायम हुने भुलले जानकारी दिएका हुन।

    आइतबार दिउँसो बैंककबाट काठमाडौं आएको एयर एसियाको जहाज `वीन्टर सेड्युल´ अनुमति नहुँदा ३७ मिनेट आकाशमा नै होल्ड भएको थियो।

    सो जहाजको अवतरण अनुमति शनिबार नै सकिएको थियो।आइतबारदेखि `वीन्टर सेड्युल´ लागुहुँदा सो विमानलाई अवतरण गर्न रोक लगाइएको थियो।

    अवतरण अनुमति सकिएको एयर एसियाको जहाजले १३ नटिकल माइलबाट अवतरण गर्न काठमाडौ आउदै गर्दा अनुमति मागेको थियो। तर विमानस्थलले अवतरण गर्न नदिंदा लामो समय आकाशमा ‘होल्ड’ भएको थियो।

    सो जहाज आइतबार दिउँसो २ बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतणका लागि तयार थियो। तर अनुमति नपाएपछि ३७ मिनेट होल्ड हुँदै आकाशमा फन्को लगाएको थियो।

    अन्तर्राष्ट्रिय विमानस्थलले विमानले अवतरण अनुमति मागेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो। त्यसपछि प्राधिकरणको तत्काल बसेको बैठकले मानवीयताका आधारमा र यात्रुको सुरक्षालाई ध्यान दिएर सो विमानलाई अवतरण गर्न अनुमति दिएको थियो।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend