मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`वीन्टर सेड्युल´अनुमति नभएको थाइ एयर एसियाको विमान ३७ मिनेट होल्डपछि अवतरण : यात्रु सकुशल

`वीन्टर सेड्युल´अनुमति नभएको थाइ एयर एसियाको विमान ३७ मिनेट होल्डपछि अवतरण : यात्रु सकुशल

images
२०८१ कार्तिक ११ गते, आइतवार
२०८१ कार्तिक ११ गते, आइतवार
  • काठमाडौं। बैंककबाट काठमाडौं आएको एयर एसियाको जहाज `वीन्टर सेड्युल´ अनुमति नहुँदा ३७ मिनेट आकाशमा नै होल्ड भएको छ।

    images

    सो जहाजको अवतरण अनुमति शनिबार नै सकिएको थियो।आइतबारदेखि `वीन्टर सेड्युल´ लागुहुँदा सो विमानलाई अवतरण गर्न रोक लगाइएको  हो।

    images

    अवतरण अनुमति सकिएको एयर एसियाको जहाजले १३ नटिकल माइलबाट अवतरण गर्न काठमाडौ आउदै गर्दा अनुमति मागेको थियो। तर विमानस्थलले अवतरण गर्न नदिंदा लामो समय आकाशमा ‘होल्ड’ भएको थियो।

    सो जहाज आइतबार दिउँसो २ बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतणका लागि तयार थियो। तर अनुमति नपाएपछि ३७ मिनेट होल्ड हुँदै आकाशमा पाँच फन्को लगाएको थियो।

    अन्तर्राष्ट्रिय विमानस्थलले विमानले अवतरण अनुमति मागेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको र प्राप्त निर्देशन अनुसार अवतरण गर्न अनुमति दिइएको थियो।

    विमानस्थल बाट सो जानकारी पाएपछि प्राधिकरणको तत्काल बसेकोबैठकले मानवीयताका आधारमा र यात्रुको सुरक्षालाई ध्यान दिएर सो विमानलाई अवतरण गर्न अनुमति दिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। विमान अवतरण भएपछि सबै यात्रु सकुशल छन।

    यो घटनाले नेपालको नागरिक उड्डयनको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रश्न उब्जिएको छ। अन्तरास्ट्रिय उडान हुनुअघि नै विमानस्थललाई विमान आउदै गरेको जानकारी गराइने गरिन्छ। तर यो घटनामा कहाँबाट त्रुटि भयो भन्ने बारे प्रश्न उब्जिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend