मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमतीमा दुर्घटनाको रेकर्ड

तीन महिनामा ३९७ वटा सवारी दुर्घटना, ६० जनाको मृत्यु

तीन महिनामा ३९७ वटा सवारी दुर्घटना, ६० जनाको मृत्यु

images
२०८१ कार्तिक ११ गते, आइतवार
२०८१ कार्तिक ११ गते, आइतवार
  • बागमती। ट्राफिक प्रहरीले बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ सुरु भएयता तीन महिनामा सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको बताएको छ।

    images

    चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १० जिल्लामा भएका ३९७ वटा सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको जनाएको हो।

    images

    उक्त तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट २ करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

    पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको कार्यालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend