मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपाले सरकारलाई भन्यो : सभापतिलाई अबिलम्ब रिहाइगरियोस

रास्वपाले सरकारलाई भन्यो : सभापतिलाई अबिलम्ब रिहाइगरियोस

images
२०८१ कार्तिक १० गते, शनिवार
२०८१ कार्तिक १० गते, शनिवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको, अनुसन्धानका नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र गरिएको भन्दै अबिलम्ब रिहाइ गर्न माग गरेको छ।

    images

    शनिबार पार्टी केन्द्रीय कार्यालय चमतिमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सहकारी ठगी प्रकरणको अनुसन्धानका नाममा पक्राउ गरिएका आफ्ना सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोध त्यागी तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

    images

    रास्वपाले केन्द्रीय समिति बैठकमार्फत राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवम सहकारी पीडितको ८८ अर्ब फिर्तासहित न्यायका लागि आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ।

    बैठकले उसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा सात प्रदेशका पार्टी सभापति सदस्य रहनेगरी आन्दोलन सञ्चालन मुल समिति गठन गर्ने निर्णय समेत गरेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

    यसैगरी रास्वपालेसमेत बनाएको छ।
    यस्तै स्थानीय तह निर्वाचन उपसमितिलाई ३ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिनेसमेत बैठकको निर्णयमा उल्लेख छ।

    बैठकले सभापति लामिछाने पक्राउ परेपछि स्थगित गरेको जिल्ला अधिवेशनहरुलाई सुचारु गर्नेसमेत निर्णय गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend