मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारको विरोधमा सडकमा माओवादी केन्द्र : भृकुटीमण्डपमा सभा

सरकारको विरोधमा सडकमा माओवादी केन्द्र : भृकुटीमण्डपमा सभा

images
२०८१ कार्तिक १० गते, शनिवार
२०८१ कार्तिक १० गते, शनिवार
  • काठमाडौं। सरकारको कार्यशैलीको नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारीसहित बिरोध गरेको छ।

    images

    माओवादी केन्द्रले सुन्धारास्थित काठमाडौं मलबाट सरकारको विरोधमा प्रदर्शन सुरु गरेको थियो। विरोध प्रदर्शन न्युरोड गेट हुँदै रत्नपार्कबाट भृकुटीमण्डप पुगेर विरोधसभामा परिणत भएको हो।

    images

    प्रदर्शनमा र्यालीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले गरेका थिए भने विरोध सभामासमेत अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्बोधन गरेका छन।

    माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको सुशासनको अभियानलाई केपी ओली नेतृत्वको वर्तमान सरकारले कमजोर बनाउन षड्यन्त्र गरिरहेको भन्दै त्यसको विरोध र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको माओवादी केन्द्रले जनाएको छ।

    सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन।

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरिएको जनाएको छ।


     
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend