मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संसदीय छानबिन समितिको टीओआरमा आज पनि भएन सहमति

संसदीय छानबिन समितिको टीओआरमा आज पनि भएन सहमति

images
२०८१ जेठ १४ गते, सोमवार
२०८१ जेठ १४ गते, सोमवार
  • काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

    images

    सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । ‘साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, अहिलेको छलफल सकारात्मक भए पनि सहमति हुन सकेको छैन,’ उनले भने। 

    images

    छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ । ‘ गृहमन्त्री रवि लामिछानेको नाम नै देखेर जाँदा उपयुक्त हुन्छ । नाम राखेर जानेमा आपत्ति नहुनुपर्ने हो । नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन छ,’ उनले भने, ‘नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै छ ।’

    प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । योसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले बताए । 

    ‘हाम्रो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्छ । उहाँहरू पनि छलफल गर्नहुन्छ । साँझ प्रधानमन्त्रीले बोलाउनुहुन्छ होला,’ उनले भने। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend