मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो ३७ जना एमबीबीएसका विद्यार्थी : ७ वर्षपछि अनुमति

चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो ३७ जना एमबीबीएसका विद्यार्थी : ७ वर्षपछि अनुमति

images
२०८१ कार्तिक १० गते, शनिवार
२०८१ कार्तिक १० गते, शनिवार
  • काठमाडौं। । चिकित्सा शिक्षा आयोगले करिब ७ वर्षपछि अनुमति दिंदै ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ।

    images

    प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो। आयोगले कलेज म्याचिङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई प्रतिष्ठानमा भर्नाका लागि पठाएको हो।

    images

    प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले आयोगको अनुमतिपछि प्रतिष्ठानले विद्यार्थी भर्नाको तयारी गरिसकेको बताए।

    यसै वर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन्।

    प्रतिष्ठानमा चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सीट सुनिश्चित गरेको छ।

    जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले पढ्न पाउने छन भने ४ जना विदेशी र ९ जना नेपालीले रकम भुक्तानी गरेर पढ्न पाउने छन्। आयोगबाट आउने नामावलीअनुसार भर्ना प्रक्रिया अगाडि बढ्ने छ।

    प्रतिष्ठानमा हाल बिएस्सी र बिएनएस नर्सिङ तथा चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ। प्रतिष्ठानमा एमबीबीएस सुरुभएपछि भने एमबीबीएस पढ्नकै लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने छ।

    यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा प्रतिष्ठानलाई पूर्णरुपमा संचालन गर्न भन्दै दवाव बढेको थियो। राप्ती उपक्षेत्रीय अस्पताललाई नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend