काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको रकमको दायरा बढाएरै छाड्ने बताएका छन।
मन्त्रालयमा आज बिहिबार आफ्नो एक सय दिनको प्रगती विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा बढाएर ५ लाख पुर्याइने बताए।
`बिमाको दायरा बढ्छ बढ्छ, यसमा कुनै शंका छै, दायरा बढाउदै गर्दा औसधिको मूल्य पनि समायोजन हुन्छ, औसधिको मूल्य घट्छ, घटाइन्छ,´ मन्त्री पौडेलले भने।
हाल बिमाको दायरा रकम १ लाख छ। सो रकमबाट एक परिवारका ५ जनासम्मको स्वास्थ्य बिमा गरिने गरिएको छ।



