काठमाडौं। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी गौतम मिश्रलाई जिम्मेवारी दिएको छ।
चितवनमा प्रहरी प्रमुख रहेका भावेश रिमाललाई प्रधान कार्यालयले बुधबार फर्ता बोलाएर मिश्रलाई पठाएको हो। रिमाललाई भने मिश्र रहेको स्थान मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी स्रोत बताउँछ।
गृह मनत्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई पनि बुधबार फिर्ता बोलाएको थियो। चितवनको प्रमुख जिल्ला अधिकारीमा प्रकाश पौडेललाई पठाइएको छ।
पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए।
सो विरोधलाई प्रमुख जिल्ला अधिकारी र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको निश्कर्ष छ। सोही विषयलाई लिएर कार्यक्षमतामा प्रश्न उठाउँदै प्रमुख जिल्ला अधिकारी र एसपी फेरीएका हुन्।



