मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपक्षी पाँच दलको दौडधुप:रास्ट्रपतिलाई भने`अध्यादेश आए रोकिदिनुस´

विपक्षी पाँच दलको दौडधुप:रास्ट्रपतिलाई भने`अध्यादेश आए रोकिदिनुस´

images
२०८१ कार्तिक ७ गते, बुधवार
२०८१ कार्तिक ७ गते, बुधवार
  • काठमाडौं। सरकार बाहिर रहेका पाँच दलले सरकारले राजनीतिक दल भिभाजन सम्बन्धि अध्यादेश ल्याए रोकिदिन रास्ट्रपतिसँग आग्रह गरेका छन।

    images

    आज बुधबार रास्ट्रपति भेट्न शीतल निवास गएका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सरकारले जबर्जस्ति अध्यादेश ल्याए रोकिदिन रास्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका हुन।

    images

    भेटमा रास्ट्रपति पौडेलले भने अध्यादेश आइहाले कानुन हेरेर र सबैसँग परामर्श गरेर आफुले निर्णय गर्ने बताए।

    राष्ट्रपति पौडेलसँग भएको भेटमा विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउन सक्ने भन्दै आइहाले रोकिदिन भनेका हुन।

    प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिएको तथा लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको रास्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    `उहाँहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ,´ पोखरेलले भने।

    पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर अध्यादेश ल्याए ठीक नहुने चेतावनी दिएका थिए। प्रधानमन्त्री ओलीले भने कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो कुनै योजना नभएको घुमाउरो जवाफ दिएका थिए।

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको साथ नपाएपछि हाल प्रधानमन्त्री ओली अध्यादेशबाट ब्याक भएका छन। विपक्षी दलका केही नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर अध्यादेशमा एमालेलाई साथ नदिन आग्रह गर्दै आइरहेका छन।

    कांग्रेस भित्र समेत अध्यादेशमा एमालेलाई साथ दिन नहुने मत शीर्ष नेतृत्वमा छ। कांग्रेस वरिष्ठ नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा आफैं अध्यादेश ल्याउन नहुने पक्षमा छन। जसका कारण सभापति देउवा पनि सो निर्णयमा एमालेलाई साथ दिने पक्षमा छैनन।

    राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend