मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मलाई बन्धक बनाइयो भन्दै एक महिलाको फोन : प्रहरी चाल्नाखेल जाँदै

मलाई बन्धक बनाइयो भन्दै एक महिलाको फोन : प्रहरी चाल्नाखेल जाँदै

images
२०८१ कार्तिक ७ गते, बुधवार
२०८१ कार्तिक ७ गते, बुधवार
  • काठमाडौं। एक महिलाले आफुलाई बन्धक बनाइएको र उद्दार गर्न भन्दै आफैं फोन गरेकी छन।

    images

    ललितपुरको चाल्नाखेलमा आफुलाई बन्धक बनाइएको भन्दै केही संचारकर्मीलाई फोन गरेर सुचना दिएको थाहा पाएपछि वास्तविकता बुझ्न अहिले प्रहरी टोली ललितपुरको चाल्नाखेल जाँदैछ।

    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक बिनोद घिमिरेले एक महिलाले आफुलाई बन्धक बनाएको भन्दै पत्रकारलाई सुचना दिएको जानकारीपछि प्रहरी अनुसन्धानमा खटिएको जानकारी दिए।

    `मलाई बन्धक बनाइयो भनेर पत्रकारलाई ती महिलाले आफै फोन गरेको सुचना आएको छ, वास्तविकता के हो बुझ्न हाम्रो टोली चाल्नाखेल गएको छ, बुझ्दै छौं,´ घिमिरेले एक्सरे नेपालसँग भने।

    महिला आफैले फोन गरेकाले बन्धक भएँ भन्ने र बन्धक बनाइएको आरोप लगाइएको दुबै पक्षलाई प्रहरीले ल्याएर अनुसन्धान गर्ने बताए।

    प्रहरीले घटनामा आर्थिक लेनदेनको आशंका गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले घटनामा वैदेशिक रोजगारिको लेनदेनको विषय जोडिएको अनुमान गरेको हो।

    अहिले अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा खटिएको घिमिरेले जानकारी दिए। थप विवरण खुल्न बाँकी छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend