काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया सफल भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलवार भर्ना भएका उपराष्टपति यादवको बुधबार आज हर्नियाको शल्यक्रिया भएको हो।
शिक्षण अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधान नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो।
शल्यक्रियापछि उनलाई वार्डमा सारिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए। उनलाई निगरानीमा राखिएको र दुई दिन राखेर शुक्रबार डिस्चार्ज गरिने चिकित्सकहरु बताउँछन।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धि समस्याबाट पीडित रहँदै आएका थिए।



