काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन्।
उपराष्ट्रपति यादवलाई हर्नियाको समस्या भएपछि उनी शल्यक्रियाका लागि मंगलबार शिक्षण अस्पताल भर्ना भएका हुन।
उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज बुधबार शल्यक्रिया हुँदै छ।
उनको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्दै छन।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धि समस्याबाट पीडित रहँदै आएका थिए।



