मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबि लमिछानेलाई थप गरिएको म्याद आज सकिंदै:अब के हुन्छ?

रबि लमिछानेलाई थप गरिएको म्याद आज सकिंदै:अब के हुन्छ?

images
२०८१ कार्तिक ७ गते, बुधवार
२०८१ कार्तिक ७ गते, बुधवार
  • काठमाडौं। सहकारी ठगी प्रकरणको छानबिनका लागि पक्राउ परेका रास्वपाका सभापति रबि लामिछानेलाई हिरासतमा राख्न अदालतले दिएको म्याद आज सकिदैछ।

    images

    कास्की जिल्ला अदालतले गत आइतबार लामिछानेलाई सहकारी ठगी बारे अनुसन्धान गर्न प्रहरीको माग बमोजिम ६ दिनको म्याद थप गर्दै हिरासतमा राख्न अनुमती दिएको थियो।

    images

    उनी गत साताको शुक्रबार काठमाडौबाट पक्राउ परेका थिए। जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ परेकै दिनदेखि हिसाब हुने गरि ६ दिन हिरासतमा राख्न म्याद थप गरेको थियो।

    थप भएको म्याद आज राति १२ बजे सकिदैछ। प्रहरीले अनुसन्धान गर्न थप समय मागेको अवस्थामा अदालतले पुन: म्याद थप गर्दै लामिछानेलाई थप केही दिन हिरासतमा राख्न अनुमति दिने सम्भावना छ।

    त्यसपछि प्रहरीले भोलि बिहिबार पुन: लामिछानेलाई जिल्ला अदालत कास्की लग्ने कार्यसुची छ।

    रास्वपाका नेता कार्यकर्ता भने आफ्ना सभापति पक्राउको विरुद्ध पोखरामा आन्दोलनमा उत्रदै आइरहेका छन।

    रास्वपाले प्रतिसोध पुर्वक अफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै आन्दोलनमा उत्रन नेता कार्यकर्तालाई सर्कुलर नै जारी गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend