काठमाडौं। भारतको राजधानी दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बम रहेको सुचना विमानस्थलले पाएपनि सुरक्षा जाँचका क्रममा केही पनि फेला परेन।
उडान नम्बर ‘यूके १५५’ भएको सो विमानमा बम रहेको हल्लापछि नेपाली सेना र नेपाल प्रहरीले यात्रुहरुलाई विमानबाट बाहिर निकालेर तीन घण्टा भन्दा बढि अन्तरास्ट्रिय प्रोटोकल अनुसार जाँच गरेका थिए।
तर सो विमानमा कुनै पनि वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले सुरक्षा जाँचका क्रममा कुन पनि वस्तु फेला नपरेको जानकारी दिएका हुन।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साँढे ४ देखि साँझ ७ बज्दासम्म विमानमा सुरक्षा जाँच गरेको उनले जानकारी दिएका हुन।
विस्ताराको सो विमानमा बम रहेको हल्ला चलेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थिति विमानस्थलमा बढाइएको थियो। यस्तै तालिम प्राप्त कुकुर मार्फत पनि जाँच गरिएको थियो।
अहिले विमानको जाँच सकिएपछि सो विमान भारतको दिल्ली फिर्ता हुने तयारीमा तयरीमा छ।



