मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिल्लीबाट काठमाडौ आएको भिस्तारा एयरमा बमको आशंका : विमानमा सुरक्षाकर्मीको सर्च

दिल्लीबाट काठमाडौ आएको भिस्तारा एयरमा बमको आशंका : विमानमा सुरक्षाकर्मीको सर्च

images
२०८१ कार्तिक ६ गते, मंगलवार
२०८१ कार्तिक ६ गते, मंगलवार
  • काठमाडौं। भारतको राजधानी दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बम रहेको आशंका गरिएको छ।

    images

    उडान नम्बर ‘यूके १५५’ भएको  सो विमानमा बम रहेको हल्लापछि अहिले यात्रुहरुलाई विमानबाट बाहिर निकालिएको छ भने सुरक्षाकर्मीले विमानमा सर्च गरिरहेका छन।

    images

    सो विमान दिउँसो ४:३० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। अवतरण लगत्तै अज्ञात ब्यक्तिले विस्ताराका नेपाल हेर्ने कर्मचारी सुमन शर्मालाई फोन मार्फत सो विमानमा बम राखिएको जानकारी गराएका थिए।

    विस्ताराको सो विमानमा बम रहेको हल्ला चलेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थिति विमानस्थलमा बढाइएको छ।

    सेनाको टोलीले बम रहे नरहेको सर्च गरिरहेको विमानस्थल सुरक्षा स्रोत बताउँछ। विमानस्थलमा तालिम प्राप्त कुकुर र बम डिस्पोजल टोलीसमेत तैनाथ गरिएको छ।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीले विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको र सेनाले विमानलाई जाँच गरिरहेको जानकारी दिए।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमानलाई पार्किङ वेमा राखिएको र अन्य नियमित उडान तथा अवतरण नरोकिएको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend