मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समिति बैठकमा कोरम नपुगेपछि सभामुखले बोलाए समिति सभापति र प्रमुख दलका प्रमुख सचेतकको बैठक

समिति बैठकमा कोरम नपुगेपछि सभामुखले बोलाए समिति सभापति र प्रमुख दलका प्रमुख सचेतकको बैठक

images
२०८१ कार्तिक ६ गते, मंगलवार
२०८१ कार्तिक ६ गते, मंगलवार
  • काठमाडौं। सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा डाकेका छन।

    images

    संसदको आगामी अधिवेशनमा विजनेसको अभाव हुन नदिन र संसदीय ससमितिमा सांसदहरु अनुपस्थित हुनेगरेको गुनासोपछि सभामुखले छलफलका लागि बैठक बोलाएका हुन।

    images

    समिति सभापतिहरुले सभामुख समक्ष समिति बैठकमा सांसदहरु अनुपस्थित हुने गरेकाले बैठकको कोरम नपुग्ने अवस्था आएको भन्दै गुनासो गरेका थिए।

    त्यसपछी सभामुख घिमिरेले समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ।बैठक साँढे ११ बजेका लागि बोलाइएको छ।

    बैठकमा विधेयकहरु दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरुलाई छलफलमा बोलाएको छ।

    यस्तै राजनीतिक दलकातर्फबाट नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई पनि सभामुखले बोलाएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend