मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

छबिलाल जोशीमाथि पुरक अनुसन्धान, भैरहवामा भोलि पनि बयान

छबिलाल जोशीमाथि पुरक अनुसन्धान, भैरहवामा भोलि पनि बयान

images
२०८१ कार्तिक ५ गते, सोमवार
२०८१ कार्तिक ५ गते, सोमवार
  • काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छबिलाल जोशीलाई आज सोमबार भैरहवा पुर्याइएसँगै बयान सुरु गरिएको छ।

    images

    गोरखा मिडिया नेटवर्कमा जीबी राई र रबि लामिछानेका तत्कालीन साझेदार रहेको तथा सो कम्पनीका तत्कालीन उपाध्यक्ष भएकाले जोशीलाई बुटवलकै सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूरक अनुसन्धान गर्नुपर्ने भएपछि सोमबार पोखराबाट भैरहवामा पुर्याइएको थियो।

    images

    जोशीलाई भैरहवा पुर्याएपछी आज जिल्ला सरकारी वकिल कार्यालयमा साँझ ७ बजेसम्म बयान लिइएको थियो। उनलाई भोलि मंगलबार पनि बयान लिइने छ।

    जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले सोमबार बयान नसकिएकाले भोलि पनि बयान लिइने जानकारी दिएका हुन।

    जोशीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनी गत असोज ६ गते पक्राउ परेका थिए।

    बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झन्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको छ।

    त्योमध्ये गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रबि लामिछानेको नाममा २ करोड र  छविलाल जोशीका नाममा २ करोड ५० लाख रकम गएको देखिएको छ।

    सुप्रिम सहकारीको  ९६ करोड रकम अपलन भएको भन्दै  २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ। उक्त मुद्दामा ८ जना पक्राउ परेका थिए।

    जसमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ जिल्ला  कारागार रुपन्देहीमा छन् भने दीपेश पुनसहित ७ जना धरौटीमा रिहा भएका छन्। जीबी राईसहित अझै केही फरार छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend