मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

छविलाल जोशीलाई रुपन्देही पुर्याइयो

छविलाल जोशीलाई रुपन्देही पुर्याइयो

images
२०८१ कार्तिक ५ गते, सोमवार
२०८१ कार्तिक ५ गते, सोमवार
  • काठमाडौं। पूर्व गृहमन्त्री रबि लामिछाने भन्दा अगाडी सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही पुर्याइएको छ।

    images

    जोशी सहकारी ठगीको प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा थिए। रुपन्देहीमासमेत उनी विरुद्ध मुद्दा रहेकाले उनलाई प्रहरीले सोमबार रुपन्देही पुर्याएको हो। गत ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए।

    images

    कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीमाथि सहकारी ठगी आरोपमा रुपन्देहीमासमेत मुद्दा रहेकाले जोशीलाई रुपन्देही पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार जोशीलाई रुपन्देहीमा बयान सकिएपछि पुनः कास्की नै ल्याइने छ।

    एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो।

    ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निणर्य भएसँगै जोशी पक्राउ गरेका थिए। त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन्। उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन्। विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि रुपन्देही पुर्याइएको हो।

    सुुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसेकेको छ। जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पुरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ। सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend