काठमाडौं। गत १०,११ र १२ गतेको अविरल बर्षापछि आएको बाढीले बगाएको खुर्कोटको पुलमा बेलिब्रीज हालिएको छ।
बाढीले बगाएको सिन्धुलीस्थित खुर्कोटको सुनकोशी पुलमा नेपाली सेनाले बाढीले बगाएको २३ दिनमा बेलिब्रीज जडान सम्पन्न गरेको हो। सेनाले बेलिब्रीज जडान गर्न भने कुल १५ दिन लगाएको छ। २० असोजबाट बेलिब्रीज जडानको काम सुरु गरिएको थियो।
सेनाले आइतबार र्याम(स्लोप)बनाउने र बाटोसम्म पुलको मुख जोड्ने काम सकेसँगै पुल संचालनका लागि तयार भएको छ।
बेलिब्रीज जडानको काम सकिएसँगै आइतबार नै भार थाम्ने क्षमतासमेत परीक्षण गरिएको छ। यस्तै निर्माणमा संलग्न सवारीसाधनहरुसमेत आइतबार नै पुलमाथिबाट परीक्षणका लागि चलाइएको छ।
केहीदिनमा नै सो पुलमाथिबाट औपचारिक रुपमा सवारी साधन संचालन गरिने निर्माणमा संलग्न सरकारी अधिकारीहरुले जनाएका छन।
सो पुलबाट सिन्धुली र रामेछाप जिल्ला जोड्ने बीपि राजमार्ग र पुष्पलाल राजमार्ग जोडिनेछ।



