मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सातै प्रदेशमा जलनको उपचार निःशुल्क

सातै प्रदेशमा जलनको उपचार निःशुल्क

images
२०८१ कार्तिक ४ गते, आइतवार
२०८१ कार्तिक ४ गते, आइतवार
  • काठमाडौं। सरकारले सात प्रदेशका विभिन्न अस्पतालहरुमा जलनको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

    images

    गत शुक्रबार बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकहरुलाई जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। सो निर्णय आज सार्वजनिक भएको छ।

    images

    सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार कोशी प्रदेशमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचारको ब्यवस्था गरिएको छ।

    यसैगरी लुम्बिनी प्रदेशमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा जलनको उपचारको ब्यवस्था गरिएको छ।

    सरकारका प्रवक्ता गुरुङले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने मन्त्रीपरिषदको निर्णय भएको जानकारी दिएका हुन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री नियुक्त हुँदै गर्दा सातै प्रदेशमा जलनको  उपचार
    निःशुल्क गर्नका लागि भुमिका निर्वाह गर्ने बताएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend