मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रहरी र प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताबिच पोखरामा धकेलाधकेल

प्रहरी र प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ताबिच पोखरामा धकेलाधकेल

images
२०८१ कार्तिक ४ गते, आइतवार
२०८१ कार्तिक ४ गते, आइतवार
  • पोखरा। सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रबि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच धकेलाधकेल भएको छ।

    images

    पोखराको सहिदचोक र गैह्रापाटन क्षेत्रमा रास्वपा समर्थकले प्रदर्शन जारी राखेपछि प्रहरीले सो स्थान खाली गर्न खोजेको छ। तर प्रदर्शनकारीहरुले भने प्रदर्शन जारी राखेका छन। प्रहरीले उनिहरुलाई निशेधित क्षेत्रबाट हटाउन खोज्दा धकेलाधकेल भैरहेको छ।

    images

    आज आइतबारदेखि कास्कीको पोखरामा निशेधआज्ञा जारी गरिएको छ। रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत लैजाने तयारी हुंदै गर्दा कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको थियो।

    आज आइतबारदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरिएको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend