मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लामिछानेको मुद्दा कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीशको इजलासमा पेश गरिदै

लामिछानेको मुद्दा कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीशको इजलासमा पेश गरिदै

images
२०८१ कार्तिक ४ गते, आइतवार
२०८१ कार्तिक ४ गते, आइतवार
  • पोखरा। सहकारी ठगीको आरोपमा पक्राउ गरेर पोखरा पुर्याइएका रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रबि लामिछानेको मुद्दा कास्की जिल्ला अदालतका एक नम्बर वरियताका न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ।

    images

    पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ। आज आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

    images

    जिल्ला अदालत कास्कीले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरु हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको हो।

    जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले लामिछानेको मुद्दा दाहालको इजलासमा पेश गरिने जानकारी दिएका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend