पोखरा। कास्कीको पोखरामा निशेधआज्ञा जारी गरिएको छ।
रास्वपाका सभापति रबि लामिछानेलाई जिल्ला अदालत लैजाने तयारी हुंदै गर्दा कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधित क्षेत्र घोषणा गरिएको आदेश जारी गर्दै जनाएका छन।
निषेधाज्ञा आज आइतबारदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।



