पोखरा। यतिबेला पोखराको सुरक्षा ब्यवस्था कडा पारिएको छ। रास्वपाका सभापति रबि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।
पोखराको राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरी बाक्लो संख्यान गरिएको छ।
सुरक्षा चुनौति नबढोस् भनेर विशेष सतर्कता अपनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।
राष्ट्र बैंक चोकदेखि शहीद चोक र कास्की जिल्ला अदालतसम्म पक्ष र विपक्षमा प्रदर्शन हुँदा सुरक्षा चुनौती बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको हो।
लामिछाने समर्थक र सहकारी पीडितहरु आज पनि प्रदर्शनमा उत्रदैंछन। रास्वपाका केन्द्रीय नेताहरु पोखरामा नै छन।
यस्तै सहकारी पीडितहरुले पनि सुचना नै जारी गरेर पर्चा पम्प्लेट सहित न्यायको माग गर्दै प्रदर्शनमा उत्रदै छन। उनीहरुले न्यायको मागसहितको प्रदर्शनमा साथ दिनसमेत अपिल गरेका छन।
रास्वपाले भने राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई प्रक्राउ गरिएको भन्दै आफ्ना नेता कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुन सर्कुलर गरेको छ।
दुबै पक्षलाई आमने सामने हुनबाट रोक्ने प्रयासमा प्रहरीहरु खटाइएको छ ।



