मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आजदेखि डिजिटल लाइसेन्स : कसरी गर्छन ट्राफिक प्रहरीले चेकिङ?

आजदेखि डिजिटल लाइसेन्स : कसरी गर्छन ट्राफिक प्रहरीले चेकिङ?

images
२०८१ कार्तिक ४ गते, आइतवार
२०८१ कार्तिक ४ गते, आइतवार
  • काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

    images

    सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ।

    योसँगै सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। ट्रायल पास गर्ने ब्यक्तिले डिजिटल रुपमा नै मोबाइलमा लाइसेन्स प्राप्त गर्ने छन। यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ।

    प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।

    यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन्। नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ। यो प्रक्रियाका लागि ईन्टरनेट नभएपनि हुने बताइएको छ।

    ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन्।

    लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ। यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन्।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ट्राफिक प्रहरीलाई सवारी चालकको नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने डीभाइस प्रहरीलाई हस्तान्तरण गरिसकेको छ।

    सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई १०४ थान डिभाइस उपलब्ध गराइएको छ। तर देशभर ट्राफिक प्रहरीलाई त्यस्ता तीन हजार डीभाइस आवश्यक पर्नेछ प्रहरीले बताएको छ।

    नेपाल प्रहरीका प्रहरी महानीरिक्षक (आईजीपी) वसन्त कुँवरले ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गर्न देशभर कूल तीन हजार डिभाइस आवश्यक पर्ने बताए। तत्कालका लागि भने परिक्षणका रुपमा काठमाडौंबाट यसको सुरुवात हुनेछ।

    ‘पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई कूल तीन हजार डीभाइसको आवश्यकता छ, तत्कालका लागि एक हजार सेट चाहिन्छ,’ प्रहरी महानीरिक्षक कुँवरले भने।

    सो डीभाइसको सहायताले ड्युटीमा खटिएका ट्राफिक प्रहरीले चालकको नागरिक एपमा भएको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण हेर्न सक्छन्। कारबाही गर्नुपर्ने अवस्थामा त्यही डिभाइसबाट कारबाहीको अनुरोध गर्न सकिने बताइएको छ। कारवाहीको अनुरोधपछि सो जानकारी चालकको मोबाइलमा पुग्छ।

    ट्राफिक प्रहरीलाई सो डीभाइसको ओरियन्टेसन ट्रेनिङ कार्यक्रम गरेर आजदेखि काठमाडौ उपत्यकामा परिक्षणका रुपमा सुरु गरिदैंछ। यो प्रणालीमार्फत डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend