मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सहकारीको रकम अपचलन गर्ने कसैले छुट पाउनु हुँदैन : डा.डिला सग्रौला

सहकारीको रकम अपचलन गर्ने कसैले छुट पाउनु हुँदैन : डा.डिला सग्रौला

images
२०८१ कार्तिक ३ गते, शनिवार
२०८१ कार्तिक ३ गते, शनिवार
  • धनकुटा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औंल्याएकी छिन् ।

    images

    शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा।संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताएकी हुन् ।

    images

    ‘आफूमात्रै लोकप्रिय हुने लालसाले काँग्रेस समस्यामा परिरहेको छ । टिकट पाएर चुनाव हारे अर्काको कारणले र जिते आफू एक्लैले जितेको घमण्ड गर्ने प्रबृति छ । यस्ता समस्याहरुको बेलैमा समाधान निकाल्नुपर्छ,’उनले भनिन्,‘तर अर्को इमान्दार तप्का पनि काँग्रेसभित्रै छ, उसलाई पद र प्रतिष्ठा बाहेक बलियो संगठन मात्रै चाहिएको छ । एकलौटी सरकार चाहिएको छ, अब त्यो काँग्रेसलाई हुर्कने र सप्रने मौका दिनुपर्छ ।’

    फरक प्रसंगमा केन्द्रीय सदस्य एवम पेशागत एवम वुद्धिजिवी विभाग प्रमुख समेत रहेकी डा।संग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने मात्र नभइ सहकारीको पैसा अपचलन गरेको प्रमाणित भए आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताइन ।

    ‘घटनाबारे सत्यतथ्य छानविन गरेर, आफ्नै पार्टीका, नाताका वा भाइ भतिजा भएपनि कारबाहीको भागिदार हुनुपर्छ । कानुनी कठघरामा ल्याइनुपर्छ,’उनले भनिन् । उनी संगठन सुध्रिढीकरणको सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि बनेर धनकुटा पुगेकी हुन् ।

    कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शुभारम्भ भएको अभियानले कांग्रेसमा नयाँ जागरण र आत्मविश्वास पैदा गर्ने बताए । उनले सुदृढ र एकताबद्ध कांग्रेसले मात्रै नागरिकका समस्या समाधानमा प्रभावकारी काम गर्नसक्ने बताए ।

    तीन महिना संचालन हुने अभियान आउँदो पुष १६ गते वीपी जयन्तीका दिन समापन हुनेछ । अभियानका लागि लागि धनकुटा कांग्रेसले सात स्थानीय तहका ६० वटै वडाका लागि प्रतिनिधि तोकेको छ ।

    सय दिनको अभियानका क्रममा कार्यालय नभएका तहमा कार्यालय स्थापना गर्ने, मासिक रुपमा सबै तहका बैठक र यथासिघ्र सम्मेलनगर्ने, बार्षिक कार्ययोजना बनाउने, सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम छन् ।

    यस्तै भ्रातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान गर्ने, द्धन्द्ध पीडित, घाइते र शहिद परिवारको सम्मानका कार्यक्रम छन् । 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend