काठमाडौं। असोज महिनामा मात्रै रोजगारीका लागि श्रम स्वीकृति लिएर ५३ हजार ५२५ जना नेपाली विदेश गएका छन।
चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच ५२५ जना विदेशिएका हुन्।
असोजमा १७ हजार ७२४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार ४६८ जना साउदी, ९ हजार ७९८ जना कतार, ३ हजर ८०७ जना कुबेत र १ हजार ३१४ जना मलेसिया गएका छन्।
यसैगरी असोजमा युरोपेली मुलुक रोमानिया, क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ।
गत भदौमा ५७ हजार ४९३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए।



