काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले `क्लिन चिट र सफाइ´ फ्लप भएपछी नयाँ नाटक मञ्चन भैरहेको भन्दै सामाजिक संजालमार्फत टिप्पणी गरेका छन।
थापा सहाकारी ठगी विशेष छानविन संसदीय समितिका सभापति हुन। उनले शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सामाजिक संजालमा स्टाटसमार्फत टिप्पणी गरेका हुन् ।
`क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ–‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ।´ थापाले लेखेका छन।
सहकारी ठगी प्रकरणमा आरोप लागेपछि पुर्व गृहमन्त्री समेत रहेका रबि लामिछाने शुक्रबार पक्राउ परेका थिए।



