काठमाडौ। पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहानैबाट देशका केही स्थानको मौसममा बदली देखिएको छ।
आज बिहानैदेखि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आंशिकदेखि साधारणतया बदली छ।
महाशाखाका अनुसार बिहानै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ
यस्तै आज दिउँसो पनि देशका पहाडी भेगमा मौसम बदली हुने तथा मेघ गर्जन र चट्याङ्सहित पानी पर्ने संभावना रहेको महाशाखाको अनुमान छ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका सबैजसो पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ।
यसैगरी आइतबार र सोमबार पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित बर्षाको संभावना छ।
आइतबार दिउँसो देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार रातिपनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यसैगरी सोमबार दिउसो पनि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु पनि सबैमा अनुरोध गरेको छ।



