मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपहिरोको वितण्डा

४६ अर्बको क्षती अनुमान

४६ अर्बको क्षती अनुमान

images
२०८१ कार्तिक ३ गते, शनिवार
२०८१ कार्तिक ३ गते, शनिवार
  • काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत १०,११ र १२ असोजका दिन आएको अविरल वर्षाका कारण देशभर ४६ अर्ब बराबरको क्षती भएको अनुमान गरेको छ।

    images

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रबार बसेको बैठकमा प्राधिकरणकातर्फबाट देशभर बाढी पहिरोका कारण ४६ अर्ब भन्दा बढीको क्षती भएको आँकडा प्रस्तुत् गरिएको हो।

    images

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले परिषद्को बैठकमा अनुमानित आँकडा प्रस्तुत गरेका थिए। परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ।

    पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित २५० जनाको मृत्यु भएको बताए।

    सरकारले विपद्बाट अति प्रभावित ७१ पालिकालाई संकटग्रस्त घोषणा गरिसकेको छ।

    भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावित स्थानीय तहलाई सरकारले तीन तहमा विभाजन गरेर राहत रकम उपलब्ध गराउने तयारी गरिरहेको छ।
    बैठकमा उक्त मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बिमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुर्नस्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकोप्टर व्यवस्था गर्नेसहित सात प्रस्तावमा छलफल भएको थियो ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend