मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रबि लामिछाने पक्राउबारे रास्वपा

‘पूर्वाग्रहबाट प्रेरित कदम’

‘पूर्वाग्रहबाट प्रेरित कदम’

images
२०८१ कार्तिक २ गते, शुक्रवार
२०८१ कार्तिक २ गते, शुक्रवार
  • काठमाडौं। आफ्ना पार्टीका सभापतिलाई प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेको घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भनेको छ।

    images

    पूर्व गृहमन्त्रीसमेत रहेका आफ्ना सभापति लामिछाने पक्राउपछि रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गदै सो घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित घटनाको संज्ञा दिएको हो।

    images

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ।’

    रास्वपाले विज्ञप्तिमा विधिको शासनलाई भने सम्मान गर्ने बताएको छ। उसले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको विज्ञप्तिमा भनेको छ।

    लामिछानेलाई गरिएको पक्राउप्रति घोर भर्त्सना गर्दै कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको विज्ञप्तिमा भनिएको छ।

    विज्ञप्तिमा विना आधार सभापति लामिछानेलाई पक्राउ गरेर आमजनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत दाबी गरिएको छ।

    ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरारमक्स र वाइड बडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्। हामी डराएका छैनौ। तर्सिएका हैनौँ। अब परिवर्तनको लडाई बुलन्द भएको छ।’

    सो पार्टीले देशमा परिवर्तन चाहने सम्पूण आम नेपाली जनतालाई दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलका विरुद्ध उभिन सचेत रहन समेत आह्वान गरेको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend