मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रवि लामछानेलाई स्थलमार्गबाट पोखरा लगिंदै : अरु कोको जाँदै छन् रास्वपाका नेता?

रवि लामछानेलाई स्थलमार्गबाट पोखरा लगिंदै : अरु कोको जाँदै छन् रास्वपाका नेता?

images
२०८१ कार्तिक २ गते, शुक्रवार
२०८१ कार्तिक २ गते, शुक्रवार
  • काठमाडौं। सहकारीको रकम ठगी गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले स्थलमार्ग हुँदै पोखरा लैजाने भएको छ।

    images

    पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले रास्वपाको चमतीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो।

    images

    उनलाई उनकै इच्छा अनुसार प्रहरीले स्थलमार्ग हुँदै काठमाडौंबाट पोखरा लैजाने तयारी गरिएको प्रहरी स्रोत बताउँछ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पनि लामिछानेले स्थलमार्गबाटै पोखरा जान चाहेको प्रतिक्रिया दिएका छन्। जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।

    सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

    सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। लामिछानेसँगै रास्वपाका उपसभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा पनि पोखरा जाँदै छन्।

    यस्तै रास्वपाका अर्का उपसभापति स्वर्णिम वाग्ले तनहुँ छन् । उनी उतैबाट तनहुँ पोखरा जाने भएका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता झाले रास्वपाका केही नेताहरु पनि पोखरा जाने प्रतिक्रिया दिएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend