मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्थानीय तह उपनिर्वाचन

रास्वपा पनि सहभागी हुने : निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

रास्वपा पनि सहभागी हुने : निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

images
२०८१ कार्तिक २ गते, शुक्रवार
२०८१ कार्तिक २ गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ।

    images

    आयोगले बिहीबर १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो।

    images

    उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए।

    त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ।

    २०८० सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मंसिरका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ। रास्वपाले पनि उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराइसकेको छ।

    निर्वाचन कानुन् अनुसार निर्वाचनमा भाग लिनु अघि निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ता गर्नु पर्छ। दल दर्ता गराएका दलले मात्रै निर्वाचनमा भाग लिन पाउने छन्।

    आयोगका प्रवक्ता सापकोटाका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि रास्वपासहित २५ दल दर्ता भएका छन्। दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ। यस्तै दोस्रो नम्बरमा मंगोल नेशनल अर्गनाइजेशन दर्ता भएको छ।

    यसैगरी नेपाली कांग्रेस तेस्रो नम्बरमा तथा जनता समाजवादी पार्टी नेपाल चौंथो नम्बरमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

    यस्तै पाचौंमा नेपाल समाजवादी पार्टी, छैठौंमा नेकपा माओवादी केन्द्र, आठौंमा राप्रपा दर्ता हुँदा नेकपा एमाले १३ नम्बरमा दर्ता भएको छ भने रास्वपा १४औं नम्बरमा दर्ता भएको आयोगले जनाएको छ। अन्तिममा नेपाली जनता दल दर्ता छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend