मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

धमाधम हेटौंडा आइपुग्दै मोबाइल ब्यवसायी, बढ्यो चहलपहल

धमाधम हेटौंडा आइपुग्दै मोबाइल ब्यवसायी, बढ्यो चहलपहल

images
२०८२ बैशाख २६ गते, शुक्रवार
२०८२ बैशाख २६ गते, शुक्रवार
  • नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभाका लागि देशभरबाट ब्यवसायीहरु हेटौंडा आइपुग्दै छन। शुक्रबार बिहानसम्म करिब ३० जिल्लाका ब्यवसायी प्रतिनिधि हेटौंडा पुगेका छन। अहिले हेटौंडामा मोबाइल ब्यवसायीको चहलपहल बाक्लो भएको छ। ब्यवसायीको स्वागतार्थ शुक्रवार साँझ फेलोसिप नाइटसमेत आयोजना गरिएको छ। यी यावत विषयसँगै साधारणसभाका बारे महासंघका उपाध्यक्ष तथा तयारी समितिका संयोजक छतेन्द्र आचार्यसँग गरिएको कुराकानी:

    images

    साधारणसभाका लागि ब्यवसायीहरु आइसक्नु भएको हो?

    images

    देशभरबाट मोबाइल ब्यवसायी साथीहरू धमाधम हेटौंडा आइपुग्दै हुनुहुन्छ। करिब ३० जिल्लाका प्रतिनिधिहरु हेटौंडा आइसक्नु भएको छ। आज साँझ स्वागतार्थ फेलिशिप नाइट आयोजना गरिएको छ। उहाँहरू बेलुकीसम्म आइपुग्नुहुनेछ। हेटौंडा साधारणसभामा एक हजार बढी ब्यवसायी भेला हुँदैछौं।

    फेलोशिप नाइट केका लागि?

    पुर्व कोशी देखि पश्चिम महाकाली र कर्णालीदेखिका साथीहरू हेटौंडा आउँदै गर्दा थाकेर आइपुग्नुहुन्छ। उहाँहरुको थकाइलाई बिर्साउन हामीले फेलोशिप नाइट आयोजना गरेका छौं। त्यसका लागि मोबाइल एसोसियसन अफ नेपाल (म्यान) मकवानपुरले सहकार्य गरेको छ, जहाँ भब्य सांगीतिक कार्यक्रमसमेत हुनेछ। सांगीतिक साँझमा बारा जिल्लाको पनाम ब्यान्डका कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।

    ब्यवसायीहरु र कम्पनीहरुका बिचमा बीटुबी छलफल पनि आयोजना हुँदै छ हैन?

    हो। ब्यवसायी र उत्पादक कम्पनी र आयातकर्ता बिचमा सुमधुर सम्बन्ध कायम होस भन्ने पनि नेपाल मोबाइल ब्यवसायी महासंघको उद्देश्य हो। त्यसका लागि हामीले बीटुबी छलफल आयोजना गर्दैछौं।

    कुनकुन कम्पनीहरुको सहभागिता हुँदैछ यहाँहरुको साधारणसभामा?

    हामीसँग हेटौंडामा अहिले विभिन्न १३ वटा कम्पनीहरु प्रायोजक र सहयोगीका रुपमा आउँदै हुनुहुन्छ। जसमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा नेपाली उत्पादनका आफ्नै ब्राण्डहरु पनि छन। साधारणसभामा बनाई गोरैया मोबाइल प्रालि, जसले स्मार्ट फोन राभोज र किप्याड फोन लेसिया ब्राण्डलाई ब्यवसायीका बिचमा पुर्याएको छ, सो ब्राण्ड स्पन्सरका रुपमा आएको छ।

    अर्को साओमी (एम आइ) नेपालसँग जोडिएका इम्पोर्टर हामीसँग स्पन्सरकै रुपमा हेटौंडामा सहभागी भएको छ। यसैगरी एनसेल, नेपालमा स्थापित नेपाली ब्राण्ड बीएन अर्थात बीएन ट्रेडर्स एण्ड म्यानुफ्याक्चर्स, अल्टिमा, माइपावर, एंकर, आरती चार्जर उद्योग, जगदम्बा मोटर्स (टीभीएस) प्रायोजक छन भने लिडर एसोसरिज, सिभिआर, ग्रीन एसोसरिज लगायत सहयोगी भुमिकामा छन। उहाँहरुमध्ये कार्यक्रम स्थलमा प्रायोजकका स्टल रहनेछन। अहिले यी कम्पनी तथा ब्राण्डका स्टल धमाधम बनिरहेको अवस्था छ।

    शनिबार साधारणसभाको समापन हो?

    २७ गते साधारणसभाको उद्घाटन हुन्छ। जहाँ ब्यवसायीका समस्या र मुद्दामा घनिभुत छलफल हुन्छ। साधारणसभामा आगामी योजनाका सन्दर्भमासमेत व्यापक छलफल हुन्छ। र त्यसै दिन साधारणसभाको समापन हुनेछ। म महासंघमा आबद्ध देशभरका सबै ब्यवसायी साथीहरूलाई हेटौंडामा स्वागत गर्न चाहन्छु।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend