नेपाली मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसरिज ब्राण्डमा ‘अल्टीमा लाइफ स्टाइल’ चर्चित नाम हो। पहिलेपहिले मोबाइलका ब्याट्रीमा बजार जमाएको ब्राण्ड अल्टीमा अहिले पनि एसोसरिजका लागि आक्रामक छ। यो ब्राण्ड हेटौंडामा बैशाख २६ र २७ गते हुनगइरहेको मोबाइल व्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभामा प्रायोजकका रुपमा सहभागी हुँदैछ। सो विषयमा अल्टीमाका कार्यकारी प्रमुख अमित अग्रवालसँग एक्सरे नेपालले गरेको कुराकानी :
अल्टीमा लाइफ स्टाइलको हेटौंडा प्रस्थानको तयारी कसरी गरिरहनु भएको छ?
हामी देशभरका मोबाइल तथा एसोसरिजका ब्यवसायी साथीहरुसँग प्रत्यक्ष भेटघाटका लागि हेटौंडा जाँदैछौं। हेटौंडामा हामीले हाम्रो ब्राण्ड अल्टीमा लाइफ स्टाइलका विभिन्न उत्पादनहरुको विशेष प्रदर्शनी गर्दैछौं। जहाँ हाम्रा उत्पादनहरुसँग ब्यवसायी साथीहरुले प्रत्यक्ष अनुभव गर्न पाउनु हुनेछ। यस्तै हाम्रा धेरै ब्यवसायी मित्रहरूसँगको पुरानो सम्बन्ध नवीकरण र नयाँ साथीहरूसँगको सम्बन्ध विस्तार हेटौंडाको हाम्रो मुख्य लक्ष्य हो।
यहाँहरुको ब्राण्डमा अहिले बजारमा के-के उपलब्ध छन?
अल्टीमा लाइफ स्टाइलसँग आधुनिक डिजिटल जीवनशैलीका लागि आवश्यक सबै प्रमुख प्रोडक्टहरू पाउन उपलब्ध छन। हाम्रो प्रोडक्ट लाइनमा विभिन्न प्रकारका टाइप सी तथा टाइप बी डाटा केवल, आइ फोनका डाटा केवल, १८ वाट देखि ६५ वाट सम्मका फास्ट चार्जर, विभिन्न क्षमताका पावर बैंक, उच्च गुणस्तरका ब्लुतुथ स्पिकर र साउन्ड बार, सुविधाजनक र स्टाइलिस स्मार्ट वाच, स्वच्छ साउन्ड क्वालीटी भएका इयर बर्ड्स तथा मोबाइल ब्याट्री हामीसँग उपलब्ध छन। जसलाई ब्यवसायी मित्रहरूले बजारमा पुर्याउन महत्त्वपूर्ण साथ दिइरहनु भएको छ।
तपाइँको ब्राण्डको बिश्वसनीयताको आधार के हो?
हाम्रा सबै उत्पादनहरूमा गुणस्तरमा कुनै सम्झौता गरिएको छैन। गुणस्तर सँधै हाम्रो प्राथमिकता हो। अहिलेसम्म बजारमा हाम्रा जति प्रोडक्टहरु पुगेका छन, त्यसमा कुनै गुनासो वा समस्या पाएका छैनौं। यो नै हाम्रो विश्वसनीयता र लोकप्रियताको आधार हो। यसमा हामी ढुक्क मात्र छैनौं, सचेत पनि छौं। जसले हामीलाई आजका दिनसम्म स्थापित गराएको छ।
यहाँहरुसँग मोबाइलका कस्ता-कस्ता चार्जरहरु उपलब्ध छन?
अल्टीमा लाइफ स्टाइलसँग अहिले १८ वाटदेखि ६५ वाट सम्मका विभिन्न प्रकारका चार्जरहरु उपलब्ध छन्। यी चार्जरहरूमा सुपर चार्जिङ, MI टर्बो, ड्यास चार्जर, भोक चार्जर र वार्प चार्जर हामीसँग छन। यस्तै आइ फोनका लागि गुणस्तरीय चार्जरहरु पनि हामीसँग उपलब्ध छन। गुणस्तर, गति, र विश्वास यी तीनै कुरामा अल्टीमाको चार्जरले ग्राहकहरूका अपेक्षा पूरा गर्दै आएको छ।
अल्टीमाका डाटा केवल र पावर बैंक किन किन्ने?
हामीसँग अहिलेको माग अनुसारका डाटा केवलहरु छन। अहिले टिकाउ हुने खालका गुणस्तरीय डाटा केवलमा ग्राहकको रुची छ। हामीले त्यही अनुसार आफ्ना ब्राण्डलाई स्थापित गराएका छौं। अल्टीमासँग टाइप सी, टाइप बी र आइफोनका लागि गुणस्तरीय केवलहरु छन। अल्टीमाका केवल किने पछि पछुताउनु पर्दैन।
यसैगरी आजको डिजिटल जीवनशैलीमा पावर बैंक पनि एक उपयोगी साथी जस्तै भइसकेको छ। एकपटक किनेपछि सँधै ढुक्क हुने पावर बैंक अल्टीमासँग छ।
हामीसँग २२.५ वाट आउटपुट र अर्को ६५ वाट आउटपुटको पावर बैंकका तीन वटा मोडल उपलब्ध छ। जसलाई १० हजार एमएएच, २० हजार एमएएच, २० के प्रो र ३० हजार एमएएच तथा ३० के प्रोसहित अझै उच्च गतिको पावर स्पिड चाहिनेका लागि ६५ वाट आउटपुट क्षमतामासमेत उपलब्ध छन।
यहाँहरुसँग स्मार्ट वाच पनि छन नि हैन? अहिले बजार कस्तो छ?
अल्टीमा लाइफ स्टाइलले अहिलेको पुस्तालाई लक्षित गरेर आफ्ना उत्पादनहरुलाई प्राथमिकतामा राखेको छ। स्मार्ट वाचका सन्दर्भमा पनि हाम्रो प्राथमिकता ग्राहकको रुचाइ अनुसार नै छ। हाम्रा स्मार्ट वाच धेरै रुचाइने ब्राण्डमा पर्छन। हाम्रा स्मार्टवाचहरूमा ब्लुतुथ कलिङको सुविधा उपलब्ध छ। र प्रायः सबै मोडेलहरूमा एम्लोड स्क्रीन दिइएको छ। जसले भाइब्रेन्ट र उत्कृष्ट ओरयोगको अभ्यास दिलाउँछ। टिकाउका हिसाबले पनि हाम्रा ब्राण्डका स्मार्टवाचहरु उत्कृष्ट छन। जसमा वाटर रेसिस्टेन्स सुविधा दिइएको छ। जसले गर्दा दैनिक प्रयोगमा सजिलो हुन्छ। साथै, यी स्मार्टवाचहरूमा पाँचदेखि आठ दिनसम्मको ब्याट्री ब्याकअप पाइन्छ। हाम्रा सबै स्मार्टवाचहरूलाई कनेक्ट गर्नका लागि हामीसँग आफ्नै एप अल्टीमा फिट पनि छ। जुन एप स्टोर र प्ले स्टोर दुबैमा उपलब्ध छ। यो एपमार्फत आफ्नो फिटनेस डाटा, नोटीफिकेसन र अन्य फिचर्स सजिलै उपलब्ध हुन सक्छ।
अल्टीमाका इएरबर्ड र ब्लुथुथ स्पिकरहरुमा यहाँले कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
अल्टीमाका ब्लुतुथ र इयरबर्डहरु अहिले ग्राहकका सर्वाधिक रोजाइमा छन। हामीसँग एटम, बुम, फ्युजन र प्राइम वन गरेर चार सिरिजका इयरबर्ड नेपाली बजारमा विभिन्न मुल्यमा विभिन्न डीजाइनमा उपलब्ध छन। जहाँ हामीले ANC (Active Noise Cancellation), एप सपिर्ट र गुगल फास्ट कनेक्ट जस्ता प्रमुख विशेषता तथा सहुलियत मुल्यमा उपलब्ध गराएका छौं। हामी सधैं प्रयास गर्छौं कि हाम्रा ग्राहकहरूले कम मूल्यमा पनि उच्च स्तरको अनुभव पाउन सकून्। यसैगरी ब्लुतुथ स्पिकर तर्फ हामीसँग इन्डोर प्रयोग गर्न मिल्नेदेखि पाटीसम्मका लागि उच्चस्तरीय स्पिकर उपलब्ध छन।
अल्टीमा एउटा ब्राण्डका रुपमा स्थापित हुँदै गर्दा अबको योजना के छन?
हामीले हाम्रा ग्राहकको मन जितेका छौं। यो हाम्रो पुँजी हो। अहिले केही समय अघि मात्र हामीले काठमाडौंको पुतलीसडकमा अल्टीमाको आफ्नै स्टोर सुरुवात गरेका छौं। यसैगरी यही बैशाख भित्रै हामीले बानेश्वरमा अर्को स्टोर संचालन गर्ने योजना बनाइसकेका छौं। त्यसको अन्तिम तयारीमा हामी छौं। यसैगरी अब हाम्रो योजना देशभर अल्टीमाको फ्रेन्चाइजी पुर्याउने छ।
नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडा साधारणसभामा यहाँको कम्पनीको योजना के छ?
हामीसँग केही ब्यवसायीहरु पहिलेदेखि नै साथमा हुनुहुन्छ। केही ब्यवसायीहरुसँग हामी हेटौंडामा प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्यसहित जाँदैछौं। पुराना ब्यवसायीसँग सम्बन्ध नवीकरण गर्ने र नयाँसाथीहरुसँग सम्बन्ध स्थापित गर्ने हाम्रो योजना हो। हामी देशभरका ब्यवसायीहरुसँग फ्रेन्चाइजीका विषयमा पनि संवाद गर्नेछौं र हाम्रा केही सरप्राइज पनि हेटौंडामा खुल्ने छन।



