मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरपालिकाको दुई वटा डोजर प्रहरी नियन्त्रणमा

काठमाडौं महानगरपालिकाको दुई वटा डोजर प्रहरी नियन्त्रणमा

images
२०८१ आश्विन ३० गते, बुधवार
२०८१ आश्विन ३० गते, बुधवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाको दुई वटा डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    पशुपति धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै बुधबार दिउसो भत्काउन पुगेको महानगर प्रहरीसहितको डोजरलाई प्रहरीले नियन्त्रणमा राखेर गौशाला बृत्तमा राखेको हो।

    images

    पशुपति क्षेत्र विकास कोष र महानगरबिच भएको सम्झौता अनुसार अवैध संरचना रहेका जग्गा खाली गराउन महानगरको टोली गौशाला पुगेको थियो। महानगरबाट खटिएको टोली पुग्नु अघि नै पुगेको नेपाल प्रहरीको टोलीले महानगरको डोजर पुगेलगत्तै नियन्त्रणमा लिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले भने महानगरको डोजर नियन्त्रणमा नलिएको बताए। उनले प्रहरीले अवस्थाको विश्लेषण गरेर शान्तिसुरक्षा कायम गर्न मात्र खोजेको बताए।

    गत २२ असोजमा पशुपति क्षेत्र विकास कोष र महानगरबिच महानगरपालिकाले धर्मशालाको संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो। सोही सम्झौताको कार्यान्वयनका लागि महानगरको टोली डोजर लिएर गौशाला पुगेको प्रवक्ता मानन्धरले बताएका हुन्।

    महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच विवाद भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाएका थिए ।

    पशपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । यसक्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद रहँदै आइरहेको छ ।

    मारवाडी सेवा समितिले सञ्चालन गरेको गौशाला (गाई गोठ) संरचनाको नक्सा पास नगरिएको महानगरको भनाइ छ ।महानगरको टोली आज तेस्रोपटक धर्मशालाका अवैध संरचना खाली गराउन गएको थयो।

    त्यसअघि महानगरले कोषसँग भएको सम्झौता अनुसार अवैध संरचना खाली खराउनका लागि प्रहरीको सहयोग मागेको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा पत्र पठाउँदै सुरक्षाको प्रवन्धका लागि आग्रह गरेका थिए। तर, आचार्यले भने आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend