मोबाइल फोनको बढ्दो प्रतिस्पर्धाका बिचमा बनाई गोरैया मोबाइल प्रालि र एभरेष्ट मोबाइल प्रालिले आफ्ना स्मार्ट फोन तथा फिचर फोनहरुमार्फत नेपाली बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ। उच्चस्तरीय गुणस्तर, ब्याट्री क्षमता तथा आकर्षक लुक्सले बजारमा राभोज् ब्राण्डका स्मार्ट फोन तथा लेसिया ब्राण्डका फिचर फोनहरु रुचाइएका छन्। हाल यी ब्राण्डसहित कम्पनी हेटौंडामा बैशाख २६ र २७ गते हुने नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभामा जाने तयारीमा छ। साधारणसभाको प्रायोजक रहेको कम्पनीले हेटौंडामा देशभरबाट आउने व्यवसायीका माझ पुगेर व्यवसायीलाई सरप्राइज दिने योजना बनाएको छ। यो कम्पनीले छिटै एउटा ग्लोबल ब्राण्डको प्रोडक्टसमेत ल्याउने तयारी गरिरहेको छ। यी यावत विषयमा कम्पनीका नेशनल सेल्स म्यानेजर विशाल बरालसँग एक्सरे नेपालले गरेको कुराकानी :
यहाँहरु हेटौंडा जाँदै हुनुहुन्छ, हेटौंडामा यहाँको कम्पनीको तयारी केछ?
हामी हेटौंडामा हुने नेपाल मोबाइल व्यवसायी महासंघको मुख्य स्पन्सरको जिम्मेवारीमा छौं। हेटौंडा जाँदै गर्दा देशभरबाट आउनुहुने मोबाइल व्यवसायीहरुसँग भेटघाट र सम्वन्ध स्थापित गर्ने हाम्रो मुख्य उद्देश्य हो। यही उद्देश्यका साथ हामी हेटौंडामा भेट्ने छौं।
हेटौंडा आउँदै गरेका देशभरका व्यवसायीहरुले यहाँको कम्पनीसँग के अपेक्षा गर्ने?
हाम्रो बिचमा अहिले राभोज ब्राण्डका स्मार्ट मोबाइल सेटहरु छन्। यस्तै हामीसँग किप्याड फिचर फोनहरु पनि छन्। हामी व्यवसायी साथीहरुका बिचमा यी फोनहरु लिएर जाँदैंछौं। त्यहाँ हाम्रो स्टल रहन्छ। यस्तै व्यवसायीहरुका बिचमा हाम्रो कम्पनीकातर्फबाट थप सरप्राइजका विषय पनि छन्। जसलाई हामी हेटौंडा पुगेर खोल्नेछौं।
स्टलमा व्यवसायीहरुलाई के सुविधा रहन्छ?
व्यवसायीहरुले स्टलमा आएर हाम्रा ब्राण्डका स्मार्ट फोन तथा किप्याड फोनहरुको अनुभव लिन सक्नुहुनेछ। स्टलमा हाम्रा ब्राण्डका फोनका फिचरहरुका बारेमा व्यवसायीहरुले ढुक्कले जान्न पाउनु हुनेछ।
यहाँका कम्पनीका फोनहरुको मुल्य कतिकति तोकिएको छ? विशेषता के छन्?
हामीसँग फिचर फोनमा तीन वटा मोडलहरु छन्। हामीसँग ९ सय ७७ देखि १६ सय ३० रुपैयाँ अधिकतम खुद्रा मुल्य सम्मका फिचर फोनहरु उपलब्ध छन्। हाम्रा ब्राण्डका फोनहरुमा प्रयोग गरिएका चिप्स राम्रा र बलिया तथा गुणस्तरीय छन्। अहिलेका बजारमा नाम चलेका फिचर फोनहरुका मोडलसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा हामीले हाम्रा ब्राण्डलाई बजारमा ल्याएका छौं। व्यवसायीहरुले हाम्रो सेटको क्वालीटी मजाले आफैं हेर्न सक्नुहुनेछ।

स्मार्ट फोनमा यहाँहरुको मुल्य कस्तो छ?
स्मार्ट फोनहरु हामीसँग ११ हजार २ सय ९९ देखिका मुल्यमा उपलब्ध छन्। हामीसँग ११ हजार ९ सय ९९, १५ हजार ४ सय ९९ र १६ हजार २ सय ९९ मुल्य पर्ने अर्को सेट उपलब्ध छ।
हामीसँग स्मार्ट फोनमा भी६ मा दुई वटा भेरियन्ट छन। त्यसमा ४/६४ र ४/१२८ भेरियन्टमा भी६ उपलब्ध छ। एनएफसी अर्थात नियर फिल्ड कनेक्सन यी भेरियन्टमा उपलब्ध हुनेछ। यसमा फोर जी भोल्टी अर्थात २० हर्जको नेटवर्किङ क्षमता छ। जसले गर्दा नेटवर्क कभरेज कम हुने ठाउँहरुमा डाँडा,पाखा, गहिरा ठाउँ, खोलाहरुमा समेत राम्रो नेटवर्क दिलाउँछ। यी सेटमा ५००० एमएएचका व्याट्री क्षमता छन् भने १३ र २ मेगापिक्सेलको रेयर क्यामेरा, ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा तथा टाइप सी फास्ट चार्जर यी भेरियन्टमा उपलब्ध छन्। यी स्मार्टफोनहरु बिशुद्ध फोर जी सेटहरु हुन्। यी फोनमा एचडी आइपीएस वाटर ड्रप डिस्प्ले रहने छ।
यस्तै भी६ कै ४/१२८ भेरियन्टमा स्पेसिफिकेशन र्याम र रोम भन्दा बाहेकहरु सबै एउटै छन्। यो भेरियेन्ट ११ हजार ९ सय ९९ मुल्यमा उपलब्ध छ। यसैगरी अर्को मोडल भी८ उपलब्ध छ। जसको बजार हामीले राम्रो र धेरै रुचाइएको पाएका छौं। यसमा डुअल स्टेरियो स्पिकर हुनेछ। फोर जी भोल्टी एनएफसी, ६४ मेगापिक्सेलको क्यामेरा, हालियो जे ८५ को अक्टाकोर प्रोसेसर रहनेछ। यो प्रोसेसर स्मार्टफोनमा उत्कृष्ट मानिन्छ। यसमा समेत ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ। हामीसँग भएका जति पनि स्मार्ट फोनहरु छन् यी सबै एन्ड्रोइड १४ हुन्।

यसैगरी अर्को स्मार्ट फोनमा भी९ हामीसँग उपलब्ध हुनेछ। यो मोडल हामीले अब लन्च गर्ने तयारीमा छौं। यसको मुल्य १५ हजार ४ सय ९९ तोकिएको छ। यसमा ६/१२८ र्याम तथा रोम हुनेछ। यसमा ६ दशमलब ६५ इन्चको एचडी आइपीएसको डिस्प्ले हुनेछ। यसमा समेत ५००० एमएएच ब्याट्री रहनेछ। यसमा ओटीजी सपोर्ट हुनेछ। जसले तत्कालै आफ्नो डेटा अन्य डिभाइसमा सहज रुपमा सार्न सहयोग गर्दछ। हामीसँग भएका सबै स्मार्ट फोनमा फिंगर र फेस आइडी उपलब्ध छन्।
ब्यवसायीहरुलाई तपाइँका ब्राण्डका फोनमा मार्जिनको अवस्था कस्तो रहन्छ?
हामीसँग किप्याड फोनमा तीन वटा मोडल छन्। यस्तै स्मार्ट फोनमा पनि हामीसँग बजारमा भइरहेका अन्य ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमका सेटहरु छन्। यी सबै फोनहरुमा हामीले खुद्रा व्यवसायीहरुलाई सुरक्षित हुने गरेर राम्रो मार्जिन सुरक्षित गरेका छौं। हाम्रा ग्राहक तथा उपभोक्ताहरुले पनि अरु चलिरहेका प्रोडक्टसँग तुलना गरेर हेर्दा हामीले सुपथ मुल्यमा गुणस्तरीय मोबाइल फोनहरु उपलब्ध गराएको दाबी गर्छौ।
नयाँ मोबाइलका ब्राण्डहरु एकपटक आउने त्यसपछि हराउँदै जाने गुनासो व्यवसायीहरुबाट सुनिन्छ, ग्राहकले यहाँका फोन सेट किनेपछि थप सेवा (सर्भिस) कसरी लिने?
यो गुनासो धेरै सुनिने गरेको छ। वास्तवमा हामी धेरै अध्ययन गरेर, बजार बुझेर बजारमा आएका छौं। ती प्रश्नलाई समेत ध्यानमा राखेर बजारमा आउँदै गर्दा ग्राहकलाई बिक्री पछिको सेवा दिनेसम्मको पूर्व तयारी र योजना हामीसँग छ। अहिले तत्कालका लागि काठमाडौंमा हाम्रो सर्भिस सेन्टर स्थापना भइसकेको छ। देशका अन्य पाँच मुख्य शहरमा पनि हाम्रो सर्भिस सेन्टरहरु खोल्ने तयारी भइरहेको छ।
यहाँहरुको फोन किन्दा ग्राहकलाई के रहन्छ सुविधा?
हाम्रो फोनहरुमा हामीले हाम्रा सर्भिस सेन्टरहरु संचालन नहुँदा सम्मका तीन महिनाका लागि कुनै पनि समस्याहरु आएमा वारेन्टी कभरेज भित्रका समस्याहरुमा नयाँ फोन सेटहरु उपलब्ध गराउने छौं।
यहाँहरुको ब्राण्ड नयाँ छ, लक्षित क्षेत्र चाँही कहाँ हो?
हामीले ग्रामिण परिवेश देखि शहर बजार सम्मका सबै वर्गलाई समेटेर फोन ल्याएका छौं। गाउँमा स्मार्ट फोन चलाउन नसक्ने आमा बुवाहरुका लागि सजिलो, सस्तो र नेटवर्क राम्रो भएको हामीसँग किप्याड फोनहरु उपलब्ध छन्। धेरै वटा फिचर भएका र ब्याट्री क्षमता राम्रो आवश्यक भएका व्यक्तिका लागि पनि उच्चस्तरका फोन सेटहरु हामीसँग छन्। ग्रामिण परिवेश देखि शहरी क्षेत्र तथा युवादेखि वयस्क वर्गसम्मका लागि हामीसँग आवश्यकता अनुसारका फोनहरु उपलब्ध छन्।
अवैध रुपमा भन्सार छलीमार्फत आएका फोनहरुबाट पनि त यहाँहरुलाई चुनौती होला नि?
यो विषय सबैका लागि चुनौतीको विषय हो। यसमा डिस्ट्रिव्युटर्स एसोसियसन, इम्पोर्टर एसोसियसन, नेपाल मोबाइल ब्यवसायी महासंघ लगायत सबै पक्षको चासो र चिन्ता छ। अवैध कारोवारलाई नियन्त्रण गर्न सबै पक्षबाट राम्रो मेहनत भइरहेको हामीले पाएका छौं। तर यसमा हरेक ग्राहकले पनि ध्यान दिन जरुरी छ। आफूले किनेको सामान सस्तो हुँदै गर्दा समस्यामा परिने हो की होइन भन्ने कुरा ग्राहकले बुझ्नु पर्छ। यसतर्फ चाँही अहिले धेरै ध्यान दिनु पर्ने अवश्यकता छ। भोलीका दिनमा प्रहरी प्रशासन र कानुनी झमेलामा नपर्न हरेक ग्राहकले जेन्युन मोबाइल किन्नु पर्छ। सस्तो किन्ने नाममा समस्या नआउने तर्फ ध्यान दिनु पर्छ।
हेटौंडा आउँदै गर्नुभएका देशभरका मोबाइल व्यवसायीहरुलाई यहाँको कम्पनीको सन्देश केछ?
देशभरबाट मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभामा आउँदै गर्नु भएका व्यवसायीहरुलाई स्वागत गर्न हामी तयार छौं। हामीले यहाँहरुका माझमा बजारमा चलिरहेका ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका स्मार्ट तथा किप्याड फोनहरु ल्याएका छौं। हामी व्यवसायीहरुसँग उहाँहरुले नै अपेक्षा नगरेका सहकार्यको योजनासिहत हेटौंडामा भेट्दै छौं। सबै व्यवसायीहरुलाई राभोजको स्टलमा हेटौंडामा भेटका लागि अवसर दिन अग्रह गर्छु। हेटौंडामा राभोजको सरप्राइज हुनेछ।






