मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपालमै मोबाइलका डाटा केवल र चार्जर उत्पादन गर्दै बीएन म्यानुफ्याक्चर्स, २६ र २७ गते हेटौंडामा स्टल

नेपालमै मोबाइलका डाटा केवल र चार्जर उत्पादन गर्दै बीएन म्यानुफ्याक्चर्स, २६ र २७ गते हेटौंडामा स्टल

images
२०८२ बैशाख २१ गते, आइतवार
२०८२ बैशाख २१ गते, आइतवार
  • नेपाली मोबाइल बजारमा एसोसरिजका लागि छुट्टै पहिचान बनाउँदै गएको बीएन ब्राण्ड मोबाइल ब्यवसायीका लागि नयाँ नाम होइन। २० वर्षे अवधिमा बीएन म्यानुफ्याक्चर्सले सुपथ मुल्यमा गुणस्तरीय र भरपर्दो उत्पादनका साथ आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेको छ। बीएनका उत्पादनले गुणस्तरीयतामा कुनै सम्झौता नहुने गरेर आफ्ना उत्पादन ल्याइरहेको छ। जसका कारण ब्यवसायीसमेत ढुक्क छन। यो कम्पनी अहिले नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडामा बैशाख २६ र २७ गते हुने चौंथो साधारणसभामा ब्यवसायीसँग साक्षात्कार गर्न सहभागी हुँदैछ। हेटौंडामा आफ्नो छुट्टै स्टल राखेर बीएन म्यानुफ्याक्चर्सले ब्यवसायीलाई विशेष छुटमा आफ्ना उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। सोही सन्दर्भमा बीएन म्यानुफ्याक्चर प्लान्टका अध्यक्ष विष्णु न्यौपानेसँग गरिएको कुराकानी :

    images

    नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडा साधारणसभामा जाँदै हुनुहुन्छ, के छ तयारी?

    images

    हामी अहिले हेटौंडामा जानका लागि आफ्ना उत्पादनलाई कसरी ब्यवसायीका बिचमा उपलब्ध गराउने भनेर आन्तरिक तयारीमा छौं। केही योजनाहरु पनि छन। हामी देशभरबाट हेटौंडाको गर्मीमा आउनुहुने मोबाइल ब्यवसायीलाई सिन्धुपाल्चोकको सुकुटेस्थित भैरबकुण्ड स्प्रीङ वाटरद्वारा उत्पादित नेचुरल स्प्रीङ वाटरले पहिलो स्वागत गर्ने तयारीमा छौं।

    यहाँहरुको उत्पादनमा केके उपलब्ध छन?

    हामीसँग मोबाइल एसोसरिज अन्तर्गत डाटा केवल, चार्जर, हेडफोन, पावर बैंक, स्मार्ट वाच, इयर बर्ड, ब्लुटुथ स्पिकरसहितका १ सय ५० भन्दा बढी उत्पादनहरु उपलब्ध छन। यसमध्ये केवल र चार्जर बीएनका आफ्नै उत्पादन हुन। अन्य सामान हामीले बीएन ब्राण्डमा चीनबाट आयात गर्दै आइरहेका छौ।

    यहाँहरुसँग कस्ताकस्ता चार्जर उपलब्ध छन?

    हामीले नर्मलदेखि फास्ट चार्जर, टर्वो चार्जर, पीडी, ओइएम, ओडीएम क्वालीटीका गरेर १८ वाट देखि ६५ वाट सम्मका मूल्य अनुसारका गुणस्तरका चार्जर उत्पादन गरेका छौं। जसमा सामान्य मोबाइलदेखि स्मार्ट फोन तथा आइफोनसम्मका लागि गुणस्तरीय चार्जरहरु हामीसँग उपलब्ध हुनेछ।

    चार्जरको पहिलेको तुलनामा मूल्य बढी पर्ने गरेको उपभोक्ताको गुनासो छ, मूल्य बढी नै हो कि गुणस्तर पनि बढ्यो?

    पहिले पहिलेका मोबाइलको ब्याट्रीको क्यापासिटी नै कम मिलिएम्पियर हुन्थ्यो। त्यसबेलाका मोबाइल कम एम्पियरका चार्जरले पनि चार्ज गर्न सकिने अवस्था थियो। अहिले स्मार्ट फोनको जमाना छ। अहिलेका मोबाइलमा बढी एम्पियर पावरका चार्जर नै चाहिन्छ। अहिले उपभोक्ताले पनि गुणस्तरीय सामानमा पैसा खर्च गर्न खोज्ने, ब्यवसायीले पनि कम्प्लेन नआउने सामान बेच्न खोज्ने भएका कारण पहिले भन्दा चार्जर र केबलको गुणस्तर पनि बढेको छ र मूल्य पनि। अहिले एकपटक चार्जर केबल किनेपछि ढुक्क हुने अवस्था छ। गुणस्तरीय उत्पादन भएकै कारण ग्राहकलाई पनि चार्जर फेरिरहनु पर्ने अवस्थाको अन्त्य गरिदिएको हामीले पाएका छौं।

    डाटा केवलतर्फ यहाँको ब्राण्डको उपस्थिति र उत्पादन कस्तो छ?

    बीएन म्यानुफ्याक्चर्ससँग आफ्नै उत्पादनका डाटा केबल छन। नेपाली उत्पादनमा गुणस्तरीयता प्रदान गर्न सकिएकाले चार्जर तथा केबलको माग देशभरबाट बढिरहेको छ। पिभिसी, टिपिइ, सिलिकन, फास्ट चार्जिङ सिस्टम भएका भिभिन्न डिजाइनमा फरक फरक मुल्यमा र उच्च गुणस्तरमा हामीले केबलहरु उत्पादन गरिरहेका छौं। 

    अहिले पावर बैंक पनि हरेक मोबाइल प्रयोगकर्ताका लागि आवश्यकता बनेको छ, यहाँको ब्राण्डका पावर बैंक किन किन्ने?

    वास्तवमा नै अहिले पावर बैंक ब्यवसायीक प्रयोगकर्ताका लागि अनिवार्य बनिसकेको छ। गुणस्तरीय पावर बैंकको अभावका विगतमा धेरै गुनासाहरु सुनिए। त्यसलाई सम्बोधन गर्न हामीले पावर बैंकको विषयमा अन्तर्राष्ट्रिय बजारमा अध्ययन गर्यौ। अन्तर्राष्ट्रिय बजारमा प्रयोग भएका गुणस्तरीय पावर बैंक उपभोक्तालाई ल्याउन हामीले चिनको उत्पादक कम्पनीसँग सिधै कुराकानी गर्यौ र आफ्नो ब्राण्डमा उत्पादनको प्रस्ताव गर्यौं। विगतका लोडसेडिङ, नाकाबन्दी, कोभीडसहितका महामारीलाई हेरेर हामीले गुणस्तरीयतामा सम्झौता नहुने गरी नेपाली बजारमा पावर बैंक ल्याएर ब्यवसायी र आम उपभोक्ताको साथ पाइरहेका छौं।

    बीन ट्रेडर्ससँग कस्ता कस्ता पावर बैंक उपलब्ध छन?

    बीएन ट्रेडर्ससँग वायरलेस, पीडी गरेर १० हजार देखि  ३० हजार एमएएच सम्मका पावर बैंक उपलब्ध छन। पछिल्लो समय आइफोन प्रयोगकर्ताको मागलाई ध्यानमा राखेर हामीले वायरलेस पावर बैंक आयात गर्दा अन्य कम्पनीको उत्पादन भन्दा बढी विश्वाशनियता पाइरहेका छौं। यस्तै स्मार्ट फोनका लागि पनि हाम्रो ब्राण्ड प्रतिको भरोसा बढ्दो छ।

    स्मार्ट वाच पनि आयात गरिरहनु भएको छ, कस्ताकस्ता स्मार्ट वाच उपलब्ध छन?

    हामीसँग स्मार्ट वाचमा एमोलेट डिस्प्ले, कर्ब ग्लास, वाटर रेसिस्टमा उपलब्ध छन। जसको ब्याट्री ब्याकअप उपभोक्ताले खोजे अनुसार प्राप्त गर्नुहुनेछ। कम्तीमा एक हप्दादेखि १० दिनसम्म अथवा प्रयोगकर्ताको प्रयोगका ब्याट्रीले साथ दिनेछ। बीएनले ल्याएका स्मार्ट वाछ अन्य कम्पनीका भन्दा विल्कुलै फरक छन। आकर्षक लुक्स हाम्रो विशेषता हो। जसलाई धेरैले रुचाइरहनु भएको छ।

    अहिले इयर बर्ड र ब्लुतुथ स्पिकरको माग पनि बढ्दो छ, बीएनका इयर बर्ड र ब्लुतुथ स्पिकरमा के छ विशेषता?

    बीएन ब्राण्डका ब्लुतुथ स्पिकरहरु उच्चस्तरीय साउण्ड क्वालीटी र पावर ब्याकअप समेत उच्च भएका छन।
    यस्तै इयर बर्डहरुमासमेत ब्याट्री ब्याकप ३२ घण्टा भन्दा बढी रहनेछन। जसको साउण्ड क्वालिटी उच्चस्तरीय रहनेछन भने प्रयोगकर्ताले बिना हिचकिटाहट नोइज सोर्स बिना सुन्न सक्नेछन।

    हेटौंडामा हुने मोबाइल ब्यवसायी महासंघको साधारणसभामा यहाँको स्टलबाट ब्यवसायीले के फाइदा लिन सक्छन?

    साधारणसभामा बीएन ट्रेडर्सको स्टलमा आउने ब्यवसायीलाई उहाँहरुको आफैंले प्रयोग गरिरहेको मोबाइलमा प्रयोग हुने एक थान केबल उपहार स्वरुप प्रदान गर्नेछौं। यस्तै हेटौंडामा नै सामान अर्डर गर्नेलाई विशेष अफर स्वरुप ५ देखि ७ प्रतिशत छुट दिने तयारी भैरहेको छ। ब्यवसायीले त्यही ५० हजार मुल्यसम्मका सामान अर्डर गर्दा ५ प्रतिशत र १ लाखमाथिका सामान अर्डर गर्दा ७ प्रतिशत छुट उपलब्ध हुनेछ। यो छुट सबै सामानहरुमा उपलब्ध हुनेछन।

    ब्यवसायीले बीएनका उत्पादन अन्य उत्पादन भन्दा के फरक छ, कसरी बुझ्ने?

    मुख्य कुरा गुणस्तरमा हाम्रो ध्यान छ। गुणस्तरहीन सामान हामी उत्पादन पनि गर्दैनौं। आयात पनि गर्दैनौं। हाम्रो उत्पादन प्रयोग गर्दा ब्यवसायी र उपभोक्ता सबै पक्ष ढुक्क हुने अवस्थाको दाबी हामी गर्न सक्छौं। अर्को कुरा नेपाली उत्पादन र आयातकर्ता आफैं भएकाले गुनासो गर्ने ठाउँ पनि यही रहन्छ। र ग्यारेन्टी वारेण्टीमा पनि हामी प्रतिबद्ध मात्र छैनौं ढुक्क पनि छौं।

    प्रतिस्पर्धाको बजारमा गुणस्तरीययतामा पनि त कम्पर्माइज होला नि त?

    गुणस्तरीय सामान सुपथ मुल्यमा बेच्ने हाम्रो मुख्य लक्ष्य  हो। २० वर्षदेखि एउटै ब्राण्डले आफ्नै पहिचान बनाएको छ। गुणस्तरमा कम्पर्माइज नगरेकै कारण हामी बजारमा रुचाइएका छौं। हाम्रो उत्पादन र आयातमा गुणस्तरीयतामा कुनै कम्पर्माइज हुदैन। हामीलाई बीएन ब्राण्डमा यो छुट छैन।

    गुणस्तरीयता जाँचमा यहाँहरुको प्रयोग र अभ्यास कस्तो छ?

    उत्पादनदेखी आयातसम्ममा बीएन ट्रेडर्सले दक्ष टिममार्फत उत्पादित सामानको परिक्षण गर्ने गरेको छ। ल्याबटेस्ट गरेर गुणस्तरीयता जाँच पछि मात्र उत्पादित सामान प्याकेजीङ गरेर बजारमा पठाइन्छ। यस्तै चिनबाट आयात हुने सामान पनि क्युसी चेक गरेर मात्र नेपाल ल्याइने गरेको छ।

    हेटौंडाको छोटो समयलाई कसरी प्रयोग गर्न सकिएला?

    देशभरबाट साधारणसभामा पाल्नुहुने ब्यवसायीहरुसँग प्रत्यक्ष भेटेर आत्मीय सम्बन्ध विस्तार गर्ने हाम्रो मुल लक्ष्य हो। ब्यवसायीका कुरा सुन्ने र ब्यवसाय विस्तारमा आफ्ना योजना सेयर गर्नेतर्फ हेटौंडाको दुई दिनको समय सदुपयोग हुने अपेक्षा छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend