मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोलीमन्त्रिपरिषद् बैठक

बाढीपहिरोबाट प्रभावितका लागि प्रारम्भिक राहत र अस्थायी आवासबारे निणर्य गर्दै सरकार

बाढीपहिरोबाट प्रभावितका लागि प्रारम्भिक राहत र अस्थायी आवासबारे निणर्य गर्दै सरकार

images
२०८१ आश्विन ३० गते, बुधवार
२०८१ आश्विन ३० गते, बुधवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरो प्रभावितहरुका लागि प्रारम्भिक राहत, अस्थायी आवास र भत्किएका पुल निर्माणका लागि आवश्यक तयारी गरिरहेको बताएका छन्।

    images

    खोटाङबाट आएका बाढीपहिरो प्रभावितहरुसँग बुधबार सरकारी निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताएका हुन्।

    images

    भेटमा हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरुको निर्माणबारे निणर् गरिने जानकारी दिए।

    सो क्रममा प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए।

    ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निणर्यहरु गरिने जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उनले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए।

    टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ।

    टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend