मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडा साधारणसभामा देशभरका ब्यवसायीसँग फेलोशिप नाइट

नेपाल मोबाइल ब्यवसायी महासंघको हेटौंडा साधारणसभामा देशभरका ब्यवसायीसँग फेलोशिप नाइट

images
२०८२ बैशाख २० गते, शनिवार
२०८२ बैशाख २० गते, शनिवार
  • नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभा बैशाख २७ गते हेटौंडामा आयोजना हुँदैछ। देशभरका एक हजार बढी मोबाइल ब्यवसायी साधारणसभाका लागि हेटौंडामा भेला हुँदै छन। ब्यवसायीलाई स्वागत गर्न हेटौंडामा बैशाख २६ गते साँझ भब्य फेलिशिप नाइट हुँदैछ। सो सन्दर्भमा मोबाइल ब्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्षसमेत रहेका फेलोशिप नाइटका संयोजक मोहन कार्कीसँगको कुराकानी : 

    images

    फेलोशिप नाइट केका लागि?

    images

    देशभरका ब्यवसायीहरु साधारणसभा आउँदै हुनुहुन्छ। पुर्व कोशी देखि पश्चिम महाकाली र कर्णालीदेखिका साथीहरू हेटौंडा आउँदै गर्दा थाकेर आइपुग्नुहुन्छ। उहाँहरुको थकाइलाई बिर्साउन हामीले फेलोशिप नाइट आयोजना गरेका हौं।

    फेलोशिप नाइटसँगै अरु केके हुनेछन?

    बैशाख २६ गते देशभरका ब्यवसायीहरु हेटौंडा आइपुग्दै गर्दा उहाँहरुलाई हामी सांगीतिक कार्यक्रमसहित फेलोशिप नाइटमा स्वागत गर्ने तयारीमा छौं। त्यो साँझ स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।

    ब्यवसायीहरु र कम्पनीहरुका बिचमा बीटुबी छलफल पनि आयोजना हुँदै छ हैन?

    हो। ब्यवसायी र उत्पादक कम्पनी र आयातकर्ता बिचमा सुमधुर सम्बन्ध कायम होस भन्ने पनि नेपाल मोबाइल ब्यवसायी महासंघको उद्देश्य हो। त्यसका लागि हामीले बीटुबी छलफल आयोजना गर्दैछौं। 

    कति कम्पनीहरुको सहभागिता हुने अपेक्षा छ हेटौंडामा?

    हालसम्म राबोज मोबाइल, साओमी, अल्टिमा एसोसरिज, माइपावर, बिएन ट्रेडर्स, एंकर, आरती चार्जर लगायतका १०  कम्पनीहरुको सहभागिता सुनिश्चित भैसकेको छ। २७ गते हुने साधारणसभामा उहाँहरूले स्टल राखेर आफ्नो सामानका बारे ब्यवसायीलाई जानकारीसमेत गराउने कार्यक्रम तय भएको छ।

    २७ गते चाहिँ साधारणसभाको मुख्य कार्यक्रम हो?

    २७ गते साधारणसभा उद्घाटन हुन्छ। त्यसदिन ब्यवसायीका समस्या र मुद्दामा घनिभुत छलफल हुन्छ। साधारणसभामा आगामी योजनाका सन्दर्भमासमेत व्यापक छलफल हुन्छ। र त्यसै दिन साधारणसभाको समापन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend