मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा कुटपिटबाट एक व्यक्तिको हत्या : तीन जना पक्राउ

काठमाडौंमा कुटपिटबाट एक व्यक्तिको हत्या : तीन जना पक्राउ

images
२०८१ आश्विन ३० गते, बुधवार
२०८१ आश्विन ३० गते, बुधवार
  • काठमाडौं। काठमाडौंको गोकर्णेश्वरमा कुटपिट गरी एक व्यक्तिको हत्या गरिएको छ।

    images

    सामूहिक रुपमा कुटपिट गर्दा सुर्खेत घर भएका ४३ वार्षीय होमबहादुर फौजामगरको निधन भएको हो। प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ।  गोकर्णेश्वर ६ नयाँ बस्तीमा मंगलबार फौजामगरलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा पाँचथर घर भइ कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक स्थायी घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मंगलबार दिउो नयाँ बस्तीस्थित लस लाइट स्कुल नजिकै फौजामगरमाथि कुटपिट भएको थियो। कुटपिटपछि उनलाई त्यही स्थानमा छाडिएको थियो भने बौद्धबाट खटिएको प्रहरीले उनलाई अचेत अवस्थामा फेला पारेको थियो।

    अचेत अवस्थामा भेटिएका फौजामगरलाई प्रहरीले उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा उनको निधन भएको हो। के कारणले उनीमाथि कुटपिट भयो भन्नेबोरेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

    पक्राउ परेका उनीहरूलाई प्रहरी बृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend