मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा, केके हुनेछन कार्यक्रम?

मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा, केके हुनेछन कार्यक्रम?

images
२०८२ बैशाख १६ गते, मंगलवार
२०८२ बैशाख १६ गते, मंगलवार
  • नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभामा बैशाख २७ गते हेटौंडामा आयोजना हुँदैछ। देशभरका एक हजार बढी मोबाइल ब्यवसायी साधारणसभाका लागि हेटौंडामा भेला हुँदै छन। केके हुँदैछ हेटौंडा साधारणसभामा? सुचना तथा संचार संयोजक सुमन रायमाझीसँगको कुराकानी :

    images


    २६ गते नै देशभरका मोबाइल ब्यवसायी हेटौंडा आइपुग्ने कार्यक्रम छ, त्यस दिन के छन कार्यक्रम?

    images

    धेरै टाढा टाढाबाट ब्यवसायीहरु आउने भएकाले २६ गते नै आइपुग्ने गरेर निमन्त्रणा गरिएको छ। त्यस दिन ब्यवसायीहरु आइपुगेपछि विभिन्न कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुसँग भेटघाट तथा उत्पादकहरुसँग छलफल कार्यक्रम तय गरिएको छ।

    ब्यवसायीहरुसँग एजेण्डागत छलफल हुन्छ कि हुँदैन?

    २६ गते नै देशभरबाट सहभागी ब्यवसायीहरुसँग साधारणसभाका विषयमा एजेन्डागत छलफल हुनेछ। र साँझ सबैलाई स्वागत गर्दै सांगीतिक कार्यक्रममासमेत सहभागी गराइने छ। जहाँ स्थानीय कलाकारहरुसहितको प्रस्तुति हुनेछ।

    कुनकुन कम्पनीको सहभागिता हुँदैछ हेटौंडा साधारणसभामा?

    साधारणसभामा बिभिन्न १० कम्पनीका स्टल राख्ने तयारी छ। कम्पनीबाट स्टल बुकिङ भैसकेको छ। जसमा राबोज मोबाइल, अल्टिमा एसोसरिज, माइपावर, बिएन ट्रेडर्स, एंकर, आरती चार्जर लगायतका कम्पनीहरुको स्टल रहने छन।

    ब्यवसायीहरुलाई साधारणसभामा राखिएका कम्पनीका स्टलबाट सामानहरुमा केही सहुलियत पनि हुन्छ कि?

    कम्पनीहरुबाट साधारणसभामा राखिएका स्टलमा नै सामान अग्रिम बुक गर्ने ब्यवसायीहरुलाई केही योजना पक्कै आउला। विषेश अफर र छुट दिने उहाँहरुबाट केही योजना आउला भन्ने अपेक्षा गरौं।

    २७ गते चाहिँ साधारणसभाको मुख्य कार्यक्रम हो?

    २७ गते साधारणसभा उद्घाटन हुन्छ। त्यसदिन ब्यवसायीका समस्या र मुद्दामा घनिभुत छलफल हुन्छ। साधारणसभामा आगामी योजनाका सन्दर्भमासमेत व्यापक छलफल हुन्छ। र त्यसै दिन साधारणसभाको समापन हुनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend