बैशाख २७ गते देशभरका एक हजार बढी मोबाइल ब्यवसायी हेटौंडामा भेला हुँदै छन। नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो केन्द्रीय साधारणसभामा आउने प्रतिनिधिहरुको अहिले धमाधम रजिस्ट्रेसन जारी छ। केके हुँदैछ हेटौंडा साधारणसभामा? रजिस्ट्रेसन समितिका संयोजक प्रवेश चापागाईंसँगको कुराकानी :
हेटौंडा आउने देशभरका मोबाइल ब्यवसायीले कसरी साधारणसभा भाग लिने?
हामीले प्रदेशगत रुपमा नै सबैलाई साधारणसभामा सहभागिताबारे जानकारी गराइसकेका छौं। महासंघको केन्द्रीय समितिले त्यसमा हामीलाई साथ दिइरहेको छ। हेटौंडा आउने सहभागिहरुले तोकिएको रकम पठाएर आफ्नो प्रतिनिधित्व सुरक्षित गर्न सक्नुहुन्छ। हामी त्यसैमा लागिरहेका छौं।
एक जना प्रतिनिधिलाई कति शुल्क तोकिएको छ?
साधारणसभा सहभागिताका लागि एक जना प्रतिनिधिले रजिस्ट्रेसन, आवाससहित २५ सय शुल्क तोकिएको छ। उहाँहरूले अनलाइन मार्फतबाट नै आफ्नो प्रतिनिधित्व सुरक्षित गर्न सक्नुहुन्छ।
रजिस्ट्रेसन बापत प्रतिनिधिलाई अन्य केके सुविधा दिइन्छ?
उहाँहरुलाई एक रात आवास, खाजा र चार छाक खाना, कीट ब्यागको ब्यवस्था गरिएको छ भने प्रतिनिधिहरुलाई २६ गते साँझ सांगीतिक कार्यक्रममासमेत सहभागी गराइने छ। जहाँ स्थानीय कलाकारहरुसहितको प्रस्तुति हुनेछ।
ब्यवसायीहरु हेटौंडा किन आउने?
नेपाल मोबाइल ब्यवसायी महासंघ मोबाइल ब्यवसायीहरुको छाता संगठन हो। एकातिर देशमा अहिले ब्यवसायीक वातावरण बिग्रदैं गैरहेको अवस्था छ भने अर्कोतिर मोबाइल ब्यवसायीहरु नीतिगत तथा कानुनी दायराको अभावमा दिनहुँ समस्यामा परिरहेका छन। यी यावत मुद्दामा ब्यवसायीको एउटै आवाज हेटौंडाबाट सार्वजनिक हुनेछ। त्यसकारण पनि हेटौंडा साधारणसभामा देशभरका सम्पुर्ण ब्यवसायीहरुलाई हामी सहभागिताका लागि अनुरोध गर्दछौं।



