नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा आगामी बैशाख २७ गते हेटौंडामा हुँदैछ। साधारणसभामा देशभरका एक हजार बढी मोबाइल ब्यवसायी सहभागी हुँदैछन। हेटौंडामा आउने ब्यवसायीहरुका लागि आवासको ब्यवस्थापन कसरी हुँदैछ? आवास संयोजक एसिस रिजालसँगको कुराकानी :
हेटौंडामा देशभरबाट मोबाइल ब्यवसायीको आगमन हुँदैछ, बसोवासको प्रवन्ध कसरी हुँदैछ?
हामीले साधारणसभाका लागि हरेक विषयमा जिम्मेवारी बाडफाँड गरेर काम गरिरहेका छौं। मेरो नेतृत्वमा आवासको ब्यवस्थापन हुँदैछ। हेटौडामा देशभरबाट आउने ब्यवसायीलाई सहज बसोबासको प्रवन्ध गर्दैछौं।
कति जति होटल आवश्यक पर्ला?
हामीले करिब १५ वटा होटलमा आवासको प्रवन्ध गरेका छौं। सबै होटल हेटौंडा भित्र नै रहेका र सुविधा सम्पन्न एसी जडित हुनेछन।
हेटौंडा आउदै गर्दा देशभरका ब्यवसायीले कसलाई सम्पर्क गर्ने?
ब्यवसायीहरुलाई प्रदेशगत रुपमा होटल ब्यवस्थापन भएको छ। सबै प्रदेशका अध्यक्षज्युहरुले आफ्नो प्रदेशको नेतृत्व गरेर आउनुहुन्छ। उहाहरुसँग हामी निरन्तर सम्पर्कमा छौं।
सहभागीहरु कहिले हेटौंडा पुग्नुहुन्छ?
साधारणसभामा आउने सहभागीहरु बैशाख २६ गते आइपुग्नु हुन्छ। उहाँहरुलाई आए लगत्तै हामीले सहजीकरण गर्ने गरेर काम अघि बढाएका छौं।
खानाको प्रवन्ध कसरी भैरहेको छ?
सहभागीहरुलाई १ रात आवास तथा खाजा खानाको ब्यवस्थापन गरेका छौं। कार्यक्रम स्थलमा नै खाना र खाजाको प्रवन्ध हुनेछ।



