मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस युवा नेता अजयबाबु शिवाकोटी पक्राउ

कांग्रेस युवा नेता अजयबाबु शिवाकोटी पक्राउ

images
२०८१ आश्विन २९ गते, मंगलवार
२०८१ आश्विन २९ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    मंगलबार आफन्तको घरबाट दशैँको टीका लगाएर फर्कदैं गर्दा वालुवाटार सडकमा जाममा परेका शिवाकोटीलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो ।

    images

    शिवाकोटीले आफूलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको जानकारी दिए। प्रहरीले उनलाई पक्राउ गरेर मालीगाउँस्थित प्रहरी बृत्त पुर्याएको थियो।

    ‘म बाटोमा हिँड्दै थिए, सडक जाम भयो, के कारणले जाम भयो भनेर म गाडीबाट उत्रिएँ, बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो, निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायतको प्रदर्शन रहेछ, त्यहीबाट मलाई प्रहरीले पक्राउ गर्यो,’ शिवाकोटीले भने।

    प्रहरीले आफूलाई बाटोमा हिंडेकै अवस्थामा र आफ्नो परिचय दिंदादिंदै पक्राउ गरेर लगेको उनले बताए। प्रहरीले उनको मोबाइल खोसेर खिचिएका फोटोसमेत डीलेट गर्न लगाएको उनले बताए।

    पक्राउ गरेलगत्तै प्रहरीले आफूलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगेको शिवाकोटीले जानकारी दिए।

    ‘मैले परिचय दिएर फोटो खिच्दाखेरि पनि मेरो मोबाइल तानेर फोटो डिलिट गरियो, मलाई पक्राउपछि स्वास्थ्य परिक्षण गर्न वीर अस्पताल पुर्याइयो, ममाथि धरपकड गरिएको छ।’ शिवाकोटीले जानकारी दिंदै भने।

    काठमाडौँ प्रहरीले भने शिवाकोटीलाई छाडिएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले भीडभाडका क्रममा प्रहरीले पक्राउ गरेको भएपनि शिवाकोटीलाई छाडिएको जानकारी दिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend