मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ट्रेड युनियनका नेता अजय राई अन्तर्राष्ट्रिय समितिमा निर्वाचित

ट्रेड युनियनका नेता अजय राई अन्तर्राष्ट्रिय समितिमा निर्वाचित

images
२०८१ आश्विन २९ गते, मंगलवार
२०८१ आश्विन २९ गते, मंगलवार
  • मोरक्को । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन ४६ औं वल्र्ड कांगे्रसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनस् निर्वाचित गरेको छ ।

    images

    अक्टोबर १३ बाट शुरु भएको ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो ।

    images

    विश्व स्तरमा यातायाततर्फको ट्रेड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड  युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।

    फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न वल्र्ड कांगे्रसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

    लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ ।  करीब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उडडयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरि नौं क्षेत्रका श्रमीकहरु समावेश छन् ।

    विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसंग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्र्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ), आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै अन्र्तराष्ट्रिय कानुन बनाउने ,श्रमिक हक अधिकारका लागि गतिविधी हरुसन्चालनगर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।

    निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।
    ।
    अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका छन् । अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलव्धीबम रुपकम लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रतिक्रिया दिए ।

    विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं वल्र्ड कांगे्रसको समापन भने अक्टोबर १९ मा हुनेछ । त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधीका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन । 

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend