मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दशैं विदा सकिएसँगै खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

दशैं विदा सकिएसँगै खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

images
२०८१ आश्विन २९ गते, मंगलवार
२०८१ आश्विन २९ गते, मंगलवार
  • काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् 

    images

    सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।  यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।

    images

    तर आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम जारी छ ।

    आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।  मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

    आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend